Logo

लगानी कोषलाई ‘स्टक डिलरको’ अनुमति दिने प्रक्रिया अन्यौलमा, नेप्से भन्छ, सफ्टवेयर अपग्रेड गर्नुपर्छ

लगानी कोषलाई ‘स्टक डिलरको’ अनुमति दिने प्रक्रिया अन्यौलमा, नेप्से भन्छ, सफ्टवेयर अपग्रेड गर्नुपर्छ


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नागरिक लगानी कोषलाई सेयरको स्टक डिलर (थोक विक्रेता) को काम गर्न अनुमति दिने प्रक्रिया अझै अन्यौलमा परेको छ । झण्डै डेढ वर्ष अघि स्टक डिलरको लागि अनुमति लिन प्रक्रिया अघि बढाएपनि हालसम्म अन्यौलमै रहेको कोषका कार्यकारी निर्देशक रामकृष्ण पोखरेलले बताए । ‘हामीले स्टक डिलरको अनुमति माग गर्दे डेढ वर्ष अघि नेपाल स्टक एक्सचेञ्च (नेप्से) मा आवेदन दिएका थियौं,’ उनले भने, ‘सो सम्बन्धमा अझै कुनै जानकारी आएको छैन ।’

सेयर बजारमा भइरहने उत्तरचढावलाई न्युनिकरण गर्न कोषले स्टक डिलरको काम गर्ने भन्दै प्रक्रिया अघि बढाएको थियो । सो सम्बन्धमा धितोपत्र बोर्डले पनि एक अध्ययन कमिटि गठन गर्दै अनुमति दिन सकिने राय प्रस्तुत गरेको थियो । तर, सो विषयमा नेप्सेले कुनै प्रक्रिया अघि नवढाउदा कार्यान्वयनमा ल्याउन नसकिएको पोखरेलको तर्क छ ।

कोषले त्यतिवेला मार्केट मेकर र स्टक डिलको काम गर्ने भन्दै प्रक्रिया अघि बढाएको थियो । तर, तत्कालका लागि स्टक डिलको काम गर्न लागेको हो । कोषको ऐन अनुसार पनि सेयर ब्रोकर, मार्केट मेकर तथा स्टक डिलको काम गर्न मिल्दछ । सो कार्यका लागि नियमनकारी नियकाबाट अनुमति लिनुपर्ने भएकाले संचालन प्रक्रिया अन्यौलनमा रहेको कोषको भनाइ छ ।

नेप्सेले भने स्वीकृति दिनु पूर्व हालको सफ्टवेयर अपग्रेड गर्नुपर्ने भएकाले तत्काल अनुमति दिन नसकिएको जानकारी दिएको छ । अहिलेकै अवस्थामा संचालनमा ल्याउन नसकिने र सफ्टवेयर अपग्रेडका लागि समय लाग्ने भएकाले ढिलाइ भएको नेप्सेमा महाप्रवन्धक सिताराम थपलियाले जानकारी दिए । ‘अहिलेको अवस्थामा २÷३ वटा कम्पनीलाई अनुमति दिन त सकिन्छ,’ उनले भने, ‘तर, सो कार्यका लागि ब्रोकर, बैंकलगायतका अन्य निकायले पनि अग्रसरता देखाएकाले रोकिएको हो ।’ कोषलाई कहिलेसम्ममा संचालन अनुमति दिने भन्ने विषयमा कुनै निश्चितता नभएको समेत उनको भनाइ छ ।

स्टक डिलर संचालनका लागि निर्देशन दिने निकाय धितो पत्र बोर्डले भने कोषलाई अनुमति दिन उपयुक्त भएको र केही समयभित्रै संचालन अनुमति दिने जानकारी दिएको छ । बोर्डले अहिलेकै अवस्थामा संचालनमा ल्याउन सकिने वा नसकिने भन्ने विषयमा अध्ययन समेत गरेको र सो अध्ययनको रिपोर्ट अनुसार उपयुक्त देखिएको बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीले जानकारी दिए । ‘अहिलेको सफ्टवेयरबाट संचालन गर्न सकिन्छ वा सकिन्न भन्ने विषयमा प्राविधि कमिटि गठन गरेर अध्ययन गरेका थियौं,’ उनले भने, ‘सो रिपोर्टले पनि उपयुक्त देखाएको छ ।’

कार्कीका अनुसार संचालन अनुमति दिनमा लागि नेप्सेलाई सो सम्बन्धी विनियमावली बनाउन दिर्नेशन दिइएको छ । उक्त विनियमावली बनेर आउने वित्तिकै संचालन अनुमति दिइने समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL