Logo

‘बलेफी ए’ आयोजनाको निर्माण शुरु, २०७५ माघमा सम्पन्न गर्ने लक्ष्य

‘बलेफी ए’ आयोजनाको निर्माण शुरु, २०७५ माघमा सम्पन्न गर्ने लक्ष्य


बिजखबर संवाददाता
0
Shares

कठमाडौं । ‘बलेफी ए’ जलविद्युत् आयोजनाको निर्माण शुरु भएको छ । आयोजनाको विसं २०७५ माघमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कार्य शुरु भएको हो । हुवानिङ डेभलपमेण्ट प्रालिले निर्माण गर्न लागेको ३६ मेगावाट क्षमताको सो आयोजनामा ४ बैंकले लगानी गर्ने भएका छन् ।

ग्लोबल आइएमई बैंकको नेतृत्वमा विभिन्न चारओटा बैंकको सहवित्तीयकरणमा रू. ४ अर्ब २५ करोड लगानी गर्ने सम्झौतासमेत भइसकेको छ ।

प्रालिका प्रबन्ध निर्देशक उमेश कसजुका अनुसार आयोजनामा ग्लोबल आइएमई बैंकले रू. एक अर्ब २५ करोड, सानिमा बैंकले रू. ९५ करोड, एभरेष्ट बैंकको रू. ९५ करोड, एसबीआईले रू. ७५ करोड र एनआडिसीले रू. ५० करोड लगानी गर्नेसम्बन्धी सम्झौता सम्पन्न भइसकेको छ ।

सिन्धुपाल्चोकको गोल्छे गाविसमा बाँध बाँधेर बलेफी खोलाको पानीलाई चार हजार ३ सय मिटर लामो सुरुङमार्फत सोही गाविसको बैकुण्ठे भन्ने स्थानमा विद्युत् गृह निर्माण गरी विद्युत् उत्पादन गरिनेछ ।

आयोजनाले जग्गा प्राप्ति एवम् पहुँच मार्ग निर्माणको काम सुरु गरिसकेको प्रबन्ध निर्देशक कसजुले जानकारी दिए । आयोजनाको कुल लागत रू. ६ अर्ब ७ करोड रहेकामा बैङ्कले रू. चार अर्ब २५ करोड लगानी गर्ने भएका हुन । प्रवद्र्धकले रू. एक अर्ब ८२ करोड लगानी गर्नेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL