Logo

भोड्का पछि बियर उत्पादन गर्दै शारडा ग्रूप, विभाग समक्ष माग्यो अनुमति

भोड्का पछि बियर उत्पादन गर्दै शारडा ग्रूप, विभाग समक्ष माग्यो अनुमति


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । औद्योगिक घरना शारडा  ग्रूपले बियर उत्पादन गर्ने भएको छ । हाल भोड्का उत्पादन गर्दै आएको शारडा ग्रूपले बियर पनि उत्पादन गर्न लागेको हो । हाल शारडा ग्रूपले जिङ्क भोड्का उत्पादन गर्दै आएको छ ।

शारडा ग्रूप अन्तरगतको भोड्का उत्पादन गर्दै आएको प्रिमियम अर्गानिक्स प्रालिले बियर उत्पादनको लागि उद्योग विभाग समक्ष निवेदन दिएको छ । तत्कालिन उद्योग मन्त्री महेश बस्नेतको समयमा औद्योगिक प्रवद्र्धन बोर्डले मदिरा उद्योग सम्बन्धी मापदण्ड परिवर्तन गरी एउटै लाइसेन्सबाट सवै प्रकारका मदिरा उत्पादन गर्न सक्ने बनाएको थियो । सोही अनुरुपमा प्रिमियम अर्गानिक्सले वियर उत्पादनको लागि आवेदन दिएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले जानकारी दिए ।

न्यौपानेका अनुसार शारडा ग्रूपले बियर उत्पादनको लागि केही समय अघि मात्र आवेदन दिएको थियो । अव केही समयभित्रै औद्योगिक प्रबद्र्धन बोर्डको बैंठक वसेर बियर उत्पादनको लागि अनुमति दिइने तयारी भएको छ । ‘कम्पनीले बियर उत्पादनको लागि अनुमति माग गरेपछि बोर्डको बैंठक बसेको छैन,’ उनले भने, ‘बैंठक पछि मात्र यस विषयमा टुङ्गो लाग्ने छ ।’

हाल कम्पनीले बियर उत्पादनको लागि अनुमति मात्र माग गरेको र अनुमति दिए पश्चात डिटेल प्लान पेश गर्नुपर्ने न्यौपानेले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL