Logo

रानीपोखरीको मन्दिर पूर्ननिर्माणको जिम्मा पुरातत्वलाई, भाईटिकामा मन्दिर दर्शन गर्न नपाइने

रानीपोखरीको मन्दिर पूर्ननिर्माणको जिम्मा पुरातत्वलाई, भाईटिकामा मन्दिर दर्शन गर्न नपाइने


रक्षा रेग्मी
27
Shares

काठमाडौं । यस बर्ष पनि भक्तजनले भाइटिकाको दिन रानीपोखरीको बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने भएका छन् । भूकम्पमा भत्किएको रानीपोखरीको मन्दिर पूनर्निमार्ण नभएकोले भक्तजनले मन्दिरको दर्शन गर्न नपाउने भएका हुन् ।

गत बर्ष जस्तै रानीपोखरीको गेटमा फोटो राखेर पूजा गराइने काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । महानगरपालिकाले रानीपोखरी पुनर्निर्माण गरी तिहारसम्म रानीपोखरीको मन्दिरमा मूर्ति राखिसक्ने योजना बनाए पनि विवाद आएपछि काम रोकिएको थियो ।

तिहारको भाइटीकाको दिनमात्र रानीपोखरीको बिचभागमा रहेको बालगोपालेश्वर मन्दिर खुल्ने गर्दछ । सो दिन दाजुभाइ(दिदीबहिनी नहुनेहरु रानीपोखरीको मन्दिरमा रहेको बालगोपालेश्वर महादेवको मन्दिरमा पूजा गरी टीका लगाउने प्रचलन छ । हाल त्यहाँको मूर्ती राष्ट्रिय संग्राहलयमा राखिएको छ । काठमाडौं महानगरपालिका र पूरातत्व विभागवीचको विवादले गर्दा रानी पोखरी पूनर्निमाणमा ढिलाई भएको थियो ।

मन्दिर पुरातत्वले बनाउने सहमती

यसैवीच पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच रानीपोखरीको मन्दिर विभागले बनाउने सहमती भएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण , विभाग तथा महानगरपालिकाको उपस्थितिमा भएको त्रिपक्षीय बैठकले रानीपोखरीको बालगोपालेश्वर मन्दिरको निर्माण जिम्मा पुरातत्व विभागलाई नै दिने निर्णय गरेको हो । महानगरपालिकाले बाहिरको संरचना र पूरातत्व विभागले मन्दिर बनाउने सहमती भएको कार्कीले जानकारी दिए ।
महानगरपालिकाले सो मन्दिर निर्माण शुरु गरेपनि सिमेन्ट र रड राखेर पिल्लर उठाएको भन्दै विभागले रानीपोखरीको काम रोक्न निर्देशन दिएको थियो ।

मन्दिर पुनर्निर्माणमा रोलर कम्प्याक्टेड कंक्रिट (आरसीसी) तथा रड र सिमेन्ट प्रयोग गरिएको भन्दै पुरातत्वविदहरु विरोधमा उत्रिए पछि महानगरपालिकाले हात झिकेको थियो ।

काम रोकिएपछि पुरातत्व विभागले पिल्लर हटाएर गाह्रो मात्र रहने गरी नयाँ स्टिमेट र डिजाइन महानगरपालिकालाई पठाएको थियो । नयाँ संरचना तयार गर्न एक करोडको नयाँ स्टिमेट दिएको हो । नयाँ सहमतीसँगै मन्दिर निर्माणको काम पुरातत्व विभागले गरेपनि आवश्यक लागत भने महागरपालिका र पुनर्निर्माण प्राधिकरणले बेहोर्ने सहमति भएको छ ।
Ranipokhari4

यता काठमाडौं महानगरपालिका भने पोखरीलाई पुरातात्विक महत्वको पर्यटकीय पार्कमा रुपमा विकास गर्न झिलीमिली बनाउने, वाटर फाउन्टेन चलाउने, बगैंचा बनाउने लगायतका योजना बनाएको छ । राजधानीमा घुम्न जाने महत्वपूर्ण ठाउँको अभाव भएको भन्दै महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको हो । रानीपोखरीमा रंगीन ‘वाटर फाउन्टेन’ भने तयार भइसकेको छ । त्यस्तै छेउमा बस्नका लागि पार्क निर्माण कार्य चाँडै सुरु हुने उनले जानकारी दिए ।
Ranipokhari3

त्यसैगरी रानीपोखरी वरिपरि गार्डेन निर्माण गरिने छ । जहाँ घुम्नका लागि दुईवटा बाटो बनाइने छ । पार्कमा आकर्षक लाइटका साथै चौबीसै घण्टा विजुलीको व्यवस्था हुनेछ । रानी पोखरी पार्कमा परिणत भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिनेछ । रानीपोखरी निर्माणका लागि ६ करोड २९ लाख रुपैयाँमा ठेक्का दिइएको छ । हालसम्म एक करोड ५० लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL