Logo

फोन तथा इन्टरनेटमा नेपालीको बार्षिक खर्च १ खर्व १० अर्व !

फोन तथा इन्टरनेटमा नेपालीको बार्षिक खर्च १ खर्व १० अर्व !


रक्षा रेग्मी
27
Shares

काठमाडौं । नेपालीले फोन तथा इन्टरनेटमा बार्षिक १ खर्व रुपैयाँ भन्दा बढी खर्च गर्ने गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकले यस्तो देखाएको हो । गत आर्थिक बर्ष २०७२ /७३ मा दूरसञ्चारमा नेपालीले करिव १ खर्व १० अर्व रुपैयाँ खर्च गरेका छन् । जसअनुसार प्रतिव्यक्ति बार्षिक करिव ३७ सय रुपैयाँ दूरसञ्चारमा खर्च भएको देखिन्छ ।

प्रविधिको विकाशसँगै सहजताले दूरसञ्चारमा उपभोक्ताको पहुँच बढ्दा पनि खर्चमा बृद्धि भएको हो । प्राधिकरणको पछिल्लो पाँच बर्षमा दूरसञ्चार सेवा प्रदायकहरुले गरेको आम्दानीले नेपालीहरुको यस क्षेत्रमा खर्च बढ्दै गएको देखाएको छ ।

प्राधिकरणका अनुसार २०६८/६९ मा नेपालका दूरसञ्चार सेवा प्रदायकहरुको ६४ अर्व ७५ करोड रुपैयाँ आम्दानी भएको थियो । २०६९ /७० मा सो आम्दानी बढेर ७५ अर्व ६८ करोड रुपैयाँ मा पुग्यो । त्यस्तै २०७०/७१ मा ८७ अर्व ५६ करोड रुपैयाँ र २०७१/७२ मा आइपुग्दा रु.९९ अर्व २ करोड हुन पुग्यो ।

गत आर्थिक बर्ष २०७२/७३ मा अनुमानित १ खर्व रु.१० अर्व रुपैयाँ बराबरको आम्दानी गरेको छ । गत आवको वित्तिय विवरण आइनसके पनि ग्रामिण दूरसञ्चार कोषमा सेवा प्रदायकले बुझाएको रकम अनुसार दूरसञ्चारमा १ खर्व १० अर्व रुपैयाँ बराबरको आम्दानी हुने देखिएको प्राधिकरणमा प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । यो देशको कुल ग्राह्स्थ्य उत्पादनको ५ प्रतिशत बराबर हुन आउँछ ।

दूरसञ्चारबाट बढी आम्दानी गर्नेमा एनसेल अगाडी आउँछ । एनसेलले अघिल्लो आवमा ५७ अर्व रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै नेपाल टेलिकमले ३९ अर्व रुपैयाँ र बाँकी ८८ करोड रुपैयाँ इन्टरनेट सेवा प्रदायकको आम्दानी हो ।

समिक्षा वर्षमा सवैभन्दा धेरै रकम एनसेलले १ अर्ब १५ करोड रुपैयाँ बुझाएको छ । त्यस्तै नेपाल टेलिकमले ७८ करोड रुपैयाँ कोषमा बुझाएको अर्यालले जानकारी दिए । त्यस्तै इन्टरनेट सेवा प्रदायकमा सवैभन्दा बढी रकम सुविसुले १ करोड ७६ लाख रुपैयाँ बुझाएको छ । वल्र्ड लिंकले १ करोड ४० लाख रुपैयाँ र यूटीएलले १९ लाख ५० हजार रुपैयाँ बुझाएको प्राधिकरणले जानकारी दिएको छ ।

सेवाप्रदायकहरुले भ्वाइस भन्दा पनि डाटाबाट आम्दानी गरेका हुन् । दूरसञ्चार सेवा प्रदायकहरुले आर्थिक वर्ष २०७२/७३मा गरेको आम्दानीको २ प्रतिशत रकम बुझाउँदा कोषमा २ अर्ब २६ करोड ८६ लाख रुपैयाँ थपिएको हो ।

दूरसञ्चार सेवा प्रदायकले प्रत्येक आर्थिक वर्षमा गरेको कुल आम्दानीको २ प्रतिशत रकम आव सकिएको तीन महिनाभित्रै कोषमा बुझाउनु पर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL