Logo

विदेशी लगानीका विद्युत तथा पूर्वाधार विकास आयोजनालाई नगद अनुदान

विदेशी लगानीका विद्युत तथा पूर्वाधार विकास आयोजनालाई नगद अनुदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी लगानीमा विद्युत आयोजना तथा पूर्वाधार विकास आयोजना निर्माण गर्न चाहनेले विशेष सुविधा पाउने भएका छन् । सरकारले यस्ता आयोजनाको नगद अनुदानको सुविधा दिन लागेको हो ।

उद्योग मन्त्रालयले हालै तयार गरेको विदेशी लगानी सम्वन्धी ऐन २०७३ को मस्यौदामा यस्तो उल्लेख छ । ‘यस्ता आयोजना निर्माणमा प्रयोग हुने सामग्रीमा विदेशी लगानीकर्ताले तिर्नुपर्ने कर तथा अन्य महशुल वापत त्यस्ता आयोजनाले उत्पादन वा निर्माण गर्ने प्रतिइकाई निर्माण लागतको आधारमा सरकारले निर्धारण गरे अनुसारको एकमुष्ट अनुदान प्रदान गरिने छ’ मस्यौदामा उल्लेख छ ।

विदेशी लगानीकर्तालाई नेपालमा लगानीका लागि आकर्षित गर्ने उद्देश्यका साथ यस्तो व्यवस्था लागु गरिएको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।
त्यस्तै नेपाली कच्चा वा सहायक कच्चा पदार्थ प्रयोग गरी कम्तीमा ५० प्रतिशत मूल्य अभिबृद्धि भएका वस्तु परिवत्र्य विदेशी मुद्रा पाउने गरी निकासी गरेमा अघिल्लो आर्थिक बर्षको तुलनामा बृद्धि भएको निकासी परिमाणको आधारमा तोकिए बमोजिम नगद अनुदान प्रदान गरिने छ ।

विदेशी लगानीमा स्थापना भएको उद्योगलाई औद्योगिक व्यवसाय सम्वन्धी प्रचलित कानून बमोजिम उपलब्ध हुने सम्पूर्ण छुट सुविधा,सहुलियत वा संरक्षण प्रदान गरिने सो मस्यौदामा उल्लेख छ ।

मन्त्रालयले विदेशी लगानीमा स्थापना भएको विद्युत उत्पादन गर्ने वा जलविद्युत आयोजना, खनिजजन्य उद्योग, पर्यटन क्षेत्रसँग सम्वन्धित तोकिए बमोजिमका उद्योग वा अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने हवाई कम्पनीलाई आयकर छुट दिएको छ । यस्ता उद्योगहरुले छुट, सुविधा, सहुलियत वा संरक्षणका अतिरिक्त त्यस्तो उद्योगले यस एन बमोजिमका थप छुट, सुविधा, सहुलित वा संरक्षण पाउने छन् ।

त्यस्तै विदेशी लगानीकर्ताले नेपाललाई उपयोगी र फलदायी हुने किसिमबाट कृषि, खनिजलगायत क्षेत्रका उद्योगले अनुशन्धान र विकास मा गरेको विदेशी लगानीमा तोकिए बमोजिमको कर छूट प्रदान गरिने बताइएको छ ।

सरकारले विदेशी लगानी गर्ने विदेशी लगानीकर्तालाई तोकिएको निकायले निज नेपालमा लगानी गर्ने विदेशी लगानीकर्ता रहेको विवरण खुल्ने गरी तोकिएको ढाँचामा परिचयपत्र उपलब्ध गराउने छ । त्यस्तै नेपाल सरकारले तोकेको मापदण्ड पूरा गर्ने विदेशी लगानीकर्तालाई औद्योगिक रुपमा महत्वपूर्ण व्यक्ति (इन्डस्ट्रीयल्ली इमपोटेन्ट पर्सन) को रुपमा सम्मान गर्ने उक्त मस्यौदामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL