Logo

यी हुन् विदेशी लगानी प्रतिबन्ध गरिएका १३ उद्योग व्यवसाय

यी हुन् विदेशी लगानी प्रतिबन्ध गरिएका १३ उद्योग व्यवसाय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विदेशी लगानीकर्ताले नेपालमा लघु उद्यम तथा परम्परागत घरेलु उद्योगमा लगानी गर्न नपाउने भएका छन् । विदेशी लगानी सम्वन्धी ऐन २०७३ को मस्यौदामा लघु उद्यमलगायत १२ प्रकारका उद्योगमा विदेशी लगानी खुला गरिएका छैनन् ।

उद्योग मन्त्रालयले तयार पारेको सो मस्यौदा अनुसार घर जग्गा खरिद विक्री (रियल स्टेट व्यवसाय) मा विदेशी लगानी खुल्ला गरिएको छैन । त्यसैगरी हात हतियार खर खजाना गोलीगठ्ठा वा विष्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न विदेशी लगानीकर्तालाई इजाजत दिइएको छैन ।

मस्यौदामा पर्यटनमा संलग्न पर्यटक गाइड, ट्रेकिङ तथा माउण्टेरिङ गाइड, भरिया तथा घोडा खच्चरलगायत उपलब्ध गराउने पर्यटन उद्योगलाई पनि विदेशी लगानी खुल्ला गरिएको छैन ।
बीस करोड भन्दा कम लगानी भएको कुखुरा पालन, मौरी पालन वा माछापालन व्यवसायको विदेशी लगानीकर्ताले नेसञ्चालन गर्न पाउने छैनन् ।

त्यसैगरी क्यासिनो बाहेकका जुवा वा बाजी व्यवसाय संचालन उद्योग, नेटवर्क व्यवसाय र आम संचारका प्रसारण माध्यमको व्यवसाय विदेशीका लागि खुला गरिएको छैन ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL