Logo

यसरी बन्दैछ नयाँ वसपार्क, सुविधा सम्पन्न होटलदेखि सावर र लकरसम्म हुने

यसरी बन्दैछ नयाँ वसपार्क, सुविधा सम्पन्न होटलदेखि सावर र लकरसम्म हुने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले गोगंबु नयाँ बसपार्कलाई अन्तरराष्ट्रिय स्तरको बनाउने प्रक्रिया द्वुत गतिमा अघि बढाएको छ । सो वसपार्कको निर्माण तथा व्यवस्थापन जिम्मा पाएको ल्होत्से बहुउद्देश्यीय प्रालिले हाल निर्माण कार्य द्वुत गतिमा अघि बढाएको हो ।

buspark

बसपार्कलाई व्यवस्थित र आधुनिक पूर्वाधार सम्पन्न बनाउने उद्देश्य अनुरुप वरिपरिका टहराहरु हटाएर भौतिक पूर्वाधार निर्माणका काम भइरहेको ल्होत्से बहुउद्देश्यीय प्रालिका कार्यकारी अध्यक्ष दिपक कुवँरले जानकारी दिए । ‘हाल फोहोर व्यवस्थापन, टिकट काउन्टर व्यवस्थापनलगायत काम शुरु भइसकेको छ,’ उनले भने, ‘टहरा विस्तापन गरिएको स्थानमा सुविधासम्पन्न सपिङ कम्प्लेक्स बनाउन लागिएको छ ।’

कुँवरका अनुसार आगामी ३ बर्षभित्र निर्माण सम्पन्न गर्ने गरी नयाँ बसपार्कमा विभिन्न भौतिक संरचना निर्माण गरी यसलाई अन्तरराष्ट्रिय स्तरको बनाउन लागिएको हो । बसपार्कलाई अन्तरराष्ट्रिय स्तरको बनाउनका २०७१ साउन २५ गते काठमाडौंं महानगरपालिका र ल्होत्से बहुउद्देश्यीय प्रालिबीचसम्झौता भएको थियो । ल्होत्से बहुउद्देश्यीय प्रालीले २०५६ सालदेखि नयाँ बसपार्कको व्यवस्थापनको जिम्मा लिँदै आएको छ ।

new_baspark

 

अन्तरराष्ट्रिय स्तरको बन्ने भएसंगै काठमाडौं महानगरपालिकालाई तिर्नुपर्ने शुल्कमा समेत वृद्धि गरेको महानगरका राजस्व शाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । उनका अनुसार ल्होत्सेले यसअघि बार्षिक ५१ लाख रुपैयाँ तिर्दै आएको थियो । तर अव भने ल्होत्सेले काठमाडौं महानगरपालिकालाई बार्षिक ९८ लाख रुपैयाँ तिर्नुपर्ने छ । निर्माण अवधिभर यो रकम ५ प्रतिशतले बढ्दै जाने काफ््लेले जानकारी दिए ।
४० वर्षको लागि व्यवस्थापनको जिम्मा पाएको ल्होत्सेले अहिले नयाँ बसपार्कको पुराना भौतिक संरचना भत्काउन थालेको हो । कम्पनीले बसपार्कमा फिल्म हल, प्ले स्टेशन, फुड कोर्ट, कफी सप, ब्याकेंट हल र विभिन्न पसलहरु भएको सपिङ कम्प्लेक्सको निर्माण गर्न लागेको छ ।

internationam_buspark

 

त्यस्तै नयाँ वसपार्कमा लकर र सावर रुमको समेत निर्माण गरिने भएको छ । ‘बाहिर जिल्लाबाट एक दिनका लागि काठमाडौंमा आउनेले एक दिनको लागि पनि अहिले गेष्ट हाउसको कोठा भाडामा लिनुपर्ने बाध्यता छ,’ उनले भने, ‘हामीले त्यो बाध्यतालाई हटाउन सावर र लकरहरुको व्यवस्था गर्न लागेका हौं ।’ त्यस्तै कम्पनीले सामान राख्नको लागि ठुला र साना लकरहरुको निर्माण गरिनेछ । उक्त लकर प्रयोग गरे बापत न्यून शुल्क तिर्नुपर्ने हुन्छ ।
त्यस्तै बसपार्कमा कम्पनीले वेटिङ लाउन्ज समेत निर्माण गर्न लागेको छ । वेटिङ लाउन्जमा टेलिभिजनका साथै बस छुट्ने समयको बारेमा जानकारी विभिन्न स्क्रिनहरु समेत राखिने छ । साथै वेटिङ लाउन्जमा सःशुल्क कफी र टि समेत उपलब्ध हुने छ ।

new_baspark_filmhall

 

बसपार्क निर्माण भएसँगै निःशुल्क बस्ने सुविधा, शौचालयको सुविधा र पानीको सुविधासंगै हेल्प तथा इन्फरमेशन डेस्कबाट सुविधा लिन सक्ने छन् । कम्पनीले बैकिङ सुविधा दिने उद्देश्यका साथ बैंकहरुको शाखा सहित एटिएम लाउन्ज समेत निर्माण गर्ने जानकारी दिएको छ । बसपार्कमा सुुरक्षा सयंन्त्र बलियो बनाउन सिसिटिभी जडान तथा प्रहरी पोस्टको लािग समेत भवन निर्माण गर्ने ल्होत्सेको योजना छ ।

त्यस्तै नयाँ बसपार्कको कम्पाउण्डमा सुविधा सम्पन्न होटलहरु समेत निर्माण गर्ने कम्पनीको योजना छ । यस्ता होटलहरु सुविधा सम्पन्न र सस्तो हुने कुवँरले जानकारी दिएका छन् । बसपार्कमा धेरै मानिसको चहलपहल हुने भएकोले बिद्युत प्राकिकरणसँग २४ घण्टा बिद्युत आउने डेडिकेटेड फिडरको माग गर्ने कम्पनीको योजना छ । ल्होत्सेले पेट्रोल पम्प र रिपेरिङ तथा सर्भिसिङ सेन्टर समेत सञ्चालन गर्ने जानकारी दिएको छ ।

बसपार्कको संरचना निर्माण कार्य सकिएलगत्तै महानगरपालिकालाई बुझाउनुपर्ने शुल्क १८ प्रतिशतले वृद्धि हुने गरी गत साउन २५ गते महानगरपालिका र ल्होत्सेबिच एक सम्झौता भएको कुवँरले जानकारी दिए । अवको ३० वर्षपछि ल्होत्सेले नयाँ बसपार्कमा निर्माण गरेको सवै भौतिक संरचना महानगरको हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL