Logo

यसरी पुनर्निर्माण हुँदैछ मनकामना मन्दिर, हेर्नजानेलाई केवलकारदेखि होटलमा १५ प्रतिशत छुट

यसरी पुनर्निर्माण हुँदैछ मनकामना मन्दिर, हेर्नजानेलाई केवलकारदेखि होटलमा १५ प्रतिशत छुट


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपालको धार्मिक स्थलहरुमध्ये प्रमुख मानिने मनकामना मन्दिरको पुनर्निर्माण कार्य द्वुत गतिमा अघि बढेको छ । नेपाल सरकार, मन्दिर जीर्णोद्वार समिति र मनकामना दर्शन प्रालिको अग्रसरतामा अघि बढेको सो मन्दिरको निर्माणकार्य ५० प्रतिशतभन्दा बढी सकिएको छ ।

reconstruction_manakamana

 

मन्दिर पुनर्निर्माणको क्रममा मन्दिरको वास्तविकता देख्न पाइने भन्दै चितवन कोइ अन्तरगतको मनकामना दर्शन प्रालिले विशेष छुटका साथ उक्त स्थानमा पर्यटक तथा दर्शनालाभी लैजानको लागि क्याम्पेन शुरु गरेको छ । ‘हामी सवैको पवित्र धरोहर माता मनकामनाको बन्दैछ घर’ भन्ने मुल नाराका साथ उक्त क्याम्पेन शुरु गरिएको मनकामना दर्शन प्रालिका कार्यकारी निर्देशक राजेशवावु श्रेष्ठले बताए ।

निर्माण अवधिभर दर्शन गर्न जानेले जीवन कालको एक मात्र अविश्मरणीय अवसर पाउने मनकामना जीर्णोद्वार समितिका सदस्य सचिव प्रेमकुमार श्रेष्ठले बताए । ‘अहिले मनकामनाको दर्शन गर्न आउने दर्शनार्थीहरुले मन्दिर भित्र पुरातात्विक बस्तु के छन् र मन्दिर कसरी निर्माण भइरहेको छ भन्ने कुराको अवलोकन गर्न पाउनेछन्,’ उनले भने, ‘जुन कुरा निर्माण अवधिमा मात्र देख्न पाइने छ ।’

manakamana_bali

मनकामना दर्शन प्रालिमार्फत ३ करोड प्रदान

मनकामना दर्शन प्रालिले जिर्ण अवस्थामा रहेको मन्दिरको पुनर्निर्माणका लागि ३ करोड रुपैयाँ जुटाइदिने भएको छ । मनकामना केवुलकारका प्रवद्र्धक तथा स्थापक स्वर्गीय लक्ष्मणबावु श्रेष्ठको इच्छा अनुसार मनकामना दर्शन प्रालिले १ करोड रुपैयाँ दिएको र आफ्नो संस्थाले थप २ करोड रुपैयाँ जुटाइदिने प्रवन्ध निर्देशक राजेशवावु श्रेष्ठले जानकारी दिए ।

manakamana_ghanta

भदौं २० देखि ३१ गतेसम्म केवलकार देखि होटलमा प्रतिशत छुट

मन्दिर पुनर्निर्माणलाई लक्षित गरी मनकामना दर्शन प्रालिले केवलकारको टिकटमा १५ प्रतिशत छुट दिने भएको छ । कम्पनीले भदौं २० गते देखि ३१ गतेसम्म उक्त छुट दिइएको हो । यसैगरी मनकामना सम्म वस सेवा संचालन गर्ने मनकामना दर्शन प्रालिको आधिकारीक टुर अपरेटर, मनकामना स्थित संपूर्ण होटल व्यवसायीले खाना तथा कोठाका लागि १५ प्रतिशत छुट उपलब्ध गराएको छ भने कुरिनटार स्थित मनकामना राइजिङ रिसोर्ट्स, डालिमा क्याटेरर्स एण्ड रिसोर्ट्स प्रालि तथा रिभर साइड रिसोर्ट प्रालिले खाना तथा कोठामा १० प्रतिशत छुट उपलब्ध गराएको छ ।

no entry_manakamana

मन्दिर निर्माणको लागि ९ करोड संकलन

समितिले मन्दिर पुनर्निमाणका लागि हालसम्म ९ करोड रुपैयाँ संकलन भइसकेको जानकारी दिएको छ । नेपाल सरकारबाट ४ करोड रुपैयाँ प्रदान भएको र अन्य रकम भक्तजन तथा अन्य दाताहरुबाट उठाएको हो । जसमध्ये मनकामना दर्शन प्रालिले १ करोड रुपैयाँ दिएको छ । नेपाल सरकारले दिएको रकममध्ये ३ करोड ४३ लाख रुपैयाँ सुन खरिदमा गएको छ । २०६८ सालमा मन्दिर निमाणको लागि ८ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा हाल बढेर ११ करोड रुपैयाँसम्म लाग्न सक्ने समितिले जानकारी दिएको छ ।

Gondola

सवा करोडले चढे केवलकार

आजभन्दा १८ वर्षअघि संचालनमा आएको नेपालकै पहिलो सो केवलकारमा हालसम्म १ करोड १७ लाख यात्रुले केवलकारको प्रयोग गरी मनाकामना मन्दिरको दर्शन गरेको कम्पनीले जानकारी दिएको छ । केवलकार बन्नुभन्दा पहिला वार्षिक २ देखि ३ लाख जनाले दर्शन गर्ने गरेकोमा केवलकार बनेपछि १२ देखि १३ लाखभन्दा बढीले दर्शन गर्दै आएका छन् । पछिल्लो समय यात्रुको चाप बढेपछि केवलकारको गोन्डोला समेत थप्न लागेको मनकामना दर्शन प्रालिले जानकारी दिएको छ ।

desigen_manakamana

मनकामनाको पर्यायवाची केवलकार

अहिले जनमानसमा मनकामना दर्शन गर्न जाने भन्ने वित्तिकै केवलकार चढ्न जाने भन्ने पर्न थालेको छ । पछिल्लो समय मनकामना मन्दिर केवलकार पर्यायवाचीको रुपमा परिचित भएको मनाकामना व्यवस्थापन समितिले जानकारी दिएको छ । दर्शनार्थीहरु केवलकारमार्फत गएर मनाकामना माताको दर्शन गर्न पाइने भएर पनि आउनेको भीड लागेको समितिको भनाइ छ ।

manakamana_gondola

नाकाबन्दी र काठ अभावले गर्दा निर्माणमा ढिलाई

भारतीय नाकाबन्दीले सामान अभाव हुँदा निर्माणका ढिलाइ भएकोमा हाल काठको अभावले गर्दा ढिलाई हुन गएको छ । मन्दिरका लागि आवश्यक साइजमा काठहरु नपाइएकोले निर्माणमा ढिलाइ भएको हो । मन्दिरको सक्लो सक्लो काठमात्र राखेर निर्माण गर्न लागिएकाले सोका लागि आवश्यक काठ तत्काल नपाइएको जीर्णोद्वार समितिले जानकारी दिएको छ ।

 

manakamana_reconstruction

प्रतिक्रिया दिनुहोस्
MBL