Logo

एफडीआई कम्पनीले लगे सवा ६ अर्ब लाभांश, अघिल्लो आवको भन्दा १ अर्बले घट्यो

एफडीआई कम्पनीले लगे सवा ६ अर्ब लाभांश, अघिल्लो आवको भन्दा १ अर्बले घट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा संचालित कम्पनीले लाने लाभांश घटेको छ । नेपाल राष्ट्र बैंककाअनुसार आर्थिक वर्ष २०७२/७३मा नेपालमा उद्योग व्यवसाय सञ्चालन गरेर विदेशी लगानीकर्ताले ६ अर्ब २५ करोड रुपैयाँ लाभांश लगेका छन् ।

यो लाभांस आव २०७१/७२को भन्दा झण्डै १ अर्बले कमी हो । अघिल्लो आवमा विदेशी लगानीका कम्पनीले ७ अर्ब २१ करोड रुपैयाँ लाभांश लगेका थिए । भुकम्प र नाकाबन्दीका कारण आर्थिक गतिविधिमा प्रभावित भएसँगै कम्पनीको नाफा घटेको सरोकारवाला बताउँछन् । सोहि कारण लाभांश समेत कम गएको उनीहरुको भनाई छ ।

नेपालमा कमाएको नाफाबाट विदेशी लगानीका कम्पनीहरुले उक्त रकम बराबरको लाभांश आफ्नो मुलुक लगेका हुन् । राष्ट्र बैंकले कम्पनीको नाफा, वित्तीय विवरण र अन्य दायित्व हेरेर लाभांश रकम भुक्तानी गर्दछ । राष्ट्र बैंकका प्रवक्ता त्रिलोचन पंगेनीले उद्योग मन्त्रालयको सिफारिसअनुसार विदेशी लगानीकर्ता (कम्पनी)लाई लाभांश लैजान स्वीकृती दिने व्यवस्था रहेको बताए ।

उक्त आवमा सवैभन्दा बढी जलविद्युत क्षेत्रका कम्पनीले लाभांश लगेका छन् । विदेशी लगानी भएका जलविद्युत कम्पनीले ३ अर्ब १५ करोड लाभांश लगेका हुन् । नेपालमा रहेका खिम्ती, भोटेकोशीलगायत जलविद्युत आयोजनामा विदेशी लगानी रहेको छ ।

त्यस्तै, सञ्चार क्षेत्रका कम्पनीले १ अर्ब ६९ करोड रुपैयाँ लाभांश लगेका हुन् । नेपालमा सञ्चालित एनसेल, यूटीएल, स्मार्टलगायत सञ्चार क्षेत्रका कम्पनीमा विदेशी लगानी रहको छ ।

औद्योगिक क्षेत्रका कम्पनीले पनि १ अर्ब ३८ करोड रुपैयाँ लाभांश लगेका छन् । डावर नेपाल, युनिलिभर, आरती स्ट्रिप्स, सुर्य नेपाललगातय विदेशी लगानीका कम्पनीले नेपालमा उद्योग सञ्चालन गरेका छन् ।

‘कम्पनी ऐन’ र ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन’मा आधारित भएर विदेशी कम्पनीलाई नगद लाभांश लान दिईने उनले बताए । ‘कुनै पनि कम्पनी सञ्चालक समितिले कम्पनीको खुद नाफाबाट निश्चित लाभांश छुटयाउँछ,’ उनले भने, ‘उक्त लाभांशलाई सम्बन्धित क्षेत्रका नियामक निकायको सिफारिसमा राष्ट्र बैंकले स्वीकृती दिने व्यवस्था छ ।’

मोबाईल तथा इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार प्राधिकरण र उद्योग व्यवसाका लगानीकर्तालाई उद्योग मन्त्रालयले लाभांश लैजान दिन राष्ट्र बैंक सपमक्ष सिफारिस दिन्छन् । उद्योगको अडिट रिपोर्टअनुसार खुद नाफा भएको र सवै दायित्व पुरा गरेको देखिएमा लाभांश लैजान दिन सिफारिस गर्ने गरेको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए ।

नेपालमा रहेका विदेशी लगानीका ठूला कम्पनी

युनिलिभर, डाबर नेपाल, सुर्य नेपाल, आरती स्ट्रिप्स, एनसेल, स्मार्ट, यूटीएल, नेपाल स्याटेलाईट, खिम्ती जलविद्युत आयोजना, भोटेकोसि जलविद्युत आयोजना, एभरेष्ट बैंक लिमिटेड, स्ट्याण्डर्ड चाटर्ड, नबिल बैंक, एसबीआई बैंकलगायतका छन् ।

हेर्नुहोस कसले कति लगे ?

fdi_devident

प्रतिक्रिया दिनुहोस्
MBL