Logo

आईपी टिभी संचालन गर्दै भायनेट, इन्छाअनुसार च्यानल र फिल्म हेर्न सकिने

आईपी टिभी संचालन गर्दै भायनेट, इन्छाअनुसार च्यानल र फिल्म हेर्न सकिने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायनेटले इन्टरनेट प्रटोकल (आइपी) टिभी संचालनमा ल्याउने भएको छ । आफ्ना ग्राहकहरुलाई गुणस्तरीय च्यानल तथा फिल्म प्रदान गर्ने उद्देश्य अनुरुप आइपी टिभी संचालनमा ल्याउन लागिएको भायनेटका संस्थापक तथा प्रवन्ध निर्देशक विनय बोहोराले बताए । ‘आईपी टिभी संचालनका लागि सम्पूर्ण तयारी पुरा गरिसकेका छौं,’ उनले भने, ‘केही समयभित्रै बजारमा ल्याउने छौं ।’

vianet

बोहोराका अनुसार कम्पनीले आईपी टिभी संचालनका लागि नेटटिभीसँग सहकार्य गर्ने भएको छ । नेटटिभीसँगको सहकार्यमा भायनेटले आईपी टिभी संचालनमा ल्याउन लागेको हो । कम्पनीले आईपी टिभी संचालनमा ल्याएसँगै ग्राहकले हाई डेफिनेशनको च्यानल तथा आफुलाई मन परेका नेपाली तथा विदेशी मिल्म हेर्न सक्नेछन् । ‘हाल उपभोक्ताहरुले केवलमार्फत टिभी च्यानल हेर्दै आएका छन्,’ उनले भने, ‘भायोनेट आएपछि इन्टरनेबाट उच्च गुणस्तरको च्यानल हेर्न सक्नेछन् ।’

हाल भायनेटले फाइवरबाट इन्टरनेट प्रदान गर्दै आएको छ । आफ्ना ग्राहकहरुलाई उच्च गुणस्तरको इन्टरनेट सेवा दिन सफल भएकाले अव इन्टरनेटमा आधारित टिभी पनि ल्याउन लागिएको बोहोरा बताउँछन् । भायनेटको आईपी टिभीमार्फत १ सयभन्दा बढी च्यानल, विभिन्न फिल्म, युट्युवजस्ता सुविधा लिन सक्नेछन् । जसको लागि एउटा सेटअप बक्स राख्नुपर्ने हुन्छ । उक्त सेटअप बक्समार्फत ग्राहकले इन्टरनेट प्रयोग गरी टिभी हेर्न सक्नेछन् ।

हाल भायनेटले आइपीटिभीको आन्तरिक रुपमा परीक्षण प्रसारण गर्दै आएको छ । आगामी २ महिना भित्रै व्यवसायीक रुपमा लञ्च गर्ने योजना रहेको बोहोराले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL