Logo

टेलिकममा प्रवन्ध निर्देशकको आवेदन दिने आज अन्तिम दिन, हेर्नुहोस क–कस्ले दिए निवेदन ?

टेलिकममा प्रवन्ध निर्देशकको आवेदन दिने आज अन्तिम दिन, हेर्नुहोस क–कस्ले दिए निवेदन ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाल टेलिकममा प्रवन्ध निर्देशकको आवेदन दिने अन्तिम समयसम्म जम्मा ३ जनाले फारम दर्ता गराएका छन् । आज बेलुकासम्म अन्तिम म्याद भएपनि हालसम्म ३ जनाले मात्र आवेदन दिएका नेपाल टेलिकमका अध्यक्ष तथा सुचना तथा संचार सचिव दिनेश थपलियाले बिजखबरलाई बताए । ‘आज दिनभर आवेदन दिने म्याद छ,’ उनले भने, ‘क–कस्ले आवेदन दिन्छन् बेलुका ५ बजेपछि बैंठक वसेर टुङ्गो लगाउने छौं ।’

हालसम्म टेलिकमका २ र वाहिरका १ जनाले आवदेन दिएका छन् । जसमा हालकै प्रवन्ध दिर्नेशक बुद्धिप्रसाद आचार्य, टेलिकमका निर्देशक कामिनी उपाध्याय र दिपकराज जोशीले आवेदन दर्ता गराएका छन् । प्रवन्ध निर्देशक आचार्यको यही भदौं २० गते कार्यकाल सकिन लाग्दा उनले दोस्रो पटकका लागि पुनः आवेदन दिएका हन् ।

केही समयअघि मन्त्रिपरिषद्ले स्वीकृति गरेको नियमावली अनुसार टेलिकममा कार्यरत आठदेखि ११ औं तहसम्मका कर्मचारीले प्रवन्ध निर्देशकका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् । जसका लागि सिमित अवधि र स्नातकोत्तर उत्तिर्ण गरेको हुनुपर्ने व्यवस्था छन् । जसले गर्दा टेलिकमबाटै ४० जनाभन्दा बढी कर्मचारीले आवेदन दिनसक्ने भएपनि सोही अनुरुप दर्ता गराएका छैनन् । नियमावली अनुसार योग्यता पुगेको टेलिकमभन्दा वाहिरका व्यक्तिले पनि आवेदन दिन सक्नेछन् । तर, वाहिरबाट पनि सोचे अनुरुप आवेदन नआएको मन्त्रालयले जानकारी दिएको छ ।

नियमावली अनुसार प्रवन्ध निर्देशक पदमा खुला प्रतिस्पर्धाबाट नियुक्ती गर्नुपर्ने छ । उक्त पदमा योग्यता पुगेका वाहिरका अन्य व्यक्तिले पनि प्रतिस्पर्धा गर्न सक्ने भएपनि नियमावलीले कार्यरत कर्मचारीलाई ३ नम्बर बढी प्रदान गरेकाले भित्रबाटै हुने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL