Logo

अपत्यारिलो ‘कमब्याक’, हरेक दिन कीर्तिमान, किन चल्यो पोकेमन गो ?

अपत्यारिलो ‘कमब्याक’, हरेक दिन कीर्तिमान, किन चल्यो पोकेमन गो ?


बिजखबर संवाददाता
27
Shares

हरेक दिन जसो सफलता, चर्चा अनि नयाँ नयाँ कहानी । सामाजिक सञ्जाल होस अथवा चल्तीका सञ्चार माध्यम । साथीभाई भेटघाटको बीचमा नयाँ ‘इस्यु’ । कीर्तिमानी डाउनलोड र त्यसैलाई पछ्याइरहेको आकर्षक आम्दानी । त्यसै त्यसै सबैको चासो बढाइरहेको छ – पोकेमन गो ।

खासमा गेमिङको क्षेत्रमा पोकेमन २० बर्ष बुढो पात्र हो । इलुष्ट्रेसन, डिजाइन र वास्तविक अनुभुति गराउने ‘रियल वल्र्ड लोकेसन’ जस्ता थप स्वादसहित यो गेमिङको दुनियाँमा फेरि फर्किएको छ । सात सय भन्दा बढी पोकेमन चरित्रको भिडमा पोकेमन गो हरेक हिसाबले फरक पात्र पुष्टि हुँदैछ ।

दुईदशक अघि जापानी गेमिङ प्रोड्युसर निन्टेण्डोले परिकल्पना गरेको पोकेमनको सबैभन्दा पछिल्लो फ्रेन्चाइजी पोकेमन गो निःशूल्क अनलाइन मोबाइल गेम एप्स हो ।

पोकेमन गो कम्पनी र गुगल अन्तर्गतको कम्पनी निएण्टो इन्कर्पोरेशनले संयुक्त रुपमा यसको निर्माण गरेका हुन् । गुगल म्यापमा आधारित रहेर गेम प्रयोगकर्ता नै मुख्य पात्र बन्ने यो गेममा पोकेमन पात्र समाउनुपर्ने हुन्छ । आफ्नै वरिपरिको क्षेत्र गेमको म्यापमा रहने र हिंड्दै त्यहिं क्षेत्रमा पोकेमन खोज्नुपर्ने भएकोले पनि प्रयोगकर्तालाई यसले चल्तीका मोबाइल गेम भन्दा फरक बनाएको छ ।

फेसबुक सबैभन्दा बढी प्रयोग हुने सामाजिक सञ्जाल हो । भनिन्छ अहिले कतिपय देशमा फेसबुक प्रयोगकर्ता पोकेमन गो तर्फ ‘यूटर्न’ भएका छन् । आकर्षण यति छ की फेसबुकभन्दा पनि बढी प्रयोग गरिनेमा पोकेमन गो अहिले अगाडी छ । हरेक दिन लाखौंको सङ्ख्यामा यसको डाउनलोड भइरहेको छ । सार्वजनिक भएको २५ दिन मात्र भएको छ करिब १० करोड हाराहारीमा यसको डाउनलोड भइसकेको छ ।

आम्दानी पनि उस्तै । त्यतिमात्र कहाँ हो र ? पोकेमन गोले गुगल र एप्पलको आम्दानी समेत बढाइदिएका छन् । यसको परिकल्पनाकार निण्टेण्डोले समेत यसबाट लाभ लिन सुरु गरिसकेको छ । चेन रेष्टुरेण्ट म्याकडोनल्डले पोकेमनसँग मिलेर ठाउँठाउँमा यसको चरित्रसहितका स्टप सञ्चालन ल्याउन सम्झौता गरिसकेको छ । एप्पलले आफ्नो मोबाइल गेम प्रयोगकर्ताबाट गर्ने आम्दानी मध्य यसको हिस्सा ३० प्रतिशत पुगेको छ ।

हरेक दिन एप्पलले यो गेमबाट मात्रै १६ लाख डलर आम्दानी गरिरहेको छ । अबको दुई बर्षमा यहिं खेलबाट मात्र दुई खर्ब आम्दानी गर्ने अनुमान एप्पलको छ । सार्वजनिक भएको दुई हप्तामा मात्रै पोकेमन गोले करिब चार अर्ब रुपैयाँ आम्दानी गरिसकेको बताइएको छ । प्रयोगकर्ताले पोकेमन गोका लागि खर्च गर्ने पैसा यसअघिको सबैभन्दा चर्चित मोबाइल गेम क्याण्डि क्रसभन्दा १० गुणा बढी छ ।

यति धेरै चर्चा रहेको मोबाइल गेमका प्रयोगकर्ता अहिले पनि सिमित मात्र छन् । कसरी ? अनलाइन गेम पोकेमन अहिले केहि देशका लागि मात्र खुला गरिएको छ । यसका मुख्य प्रयोगकर्ता भनेको अमेरिकन नै हुन् । युरोपका केहि देशमा मात्र यो खेल्न सकिन्छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL