Logo

चन्द्रागिरीमा रेष्टुराँ सञ्चालन गर्न विदेशी लगानीकर्ताको होडवाजी, १६ ले लिए स्वीकृति

चन्द्रागिरीमा रेष्टुराँ सञ्चालन गर्न विदेशी लगानीकर्ताको होडवाजी, १६ ले लिए स्वीकृति


रक्षा रेग्मी
0
Shares

काठमाडौं । चन्द्रागिरी डाँडामा केबलकार सञ्चालनमा आउने भएसँगै उक्त स्थानमा व्यवसाय गर्ने होडबाजी चलेको छ । विशेषगरी चन्द्रागिरीमा विदेशी लगानीकर्ताहरुमा होटल तथा रेष्टुराँ संचालनमा लागि होडवाजी देखिएको हो । केबलकार सञ्चालन पश्चात आन्तरिक तथा बाह्य पर्यटकको आवतजावत हुने भएकोले सो स्थानमा होटल व्यवसाय संचालनका लािग विदेशी लगानीकर्ताले चासो देखाएका हुन् ।

हाल केबुलकारको आसपास क्षेत्रमा उक्त होटल तथा रेष्टुराँ खोल्नका लागि धमाधम प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार २०७३ मा मात्र ६ ओटा विदेशी लगानीका रेष्टुराँ सञ्चालनको स्वीकृति दिइएको छ । चन्द्रागिरीमा विशेषगरी चीनीयाँ व्यवसायीले होटल तथा रेष्टुराँ संचालका लागि चासो देखाएको छन् । बैशाखदेखि हालसम्म चन्द्रागिरीमा होटल संचालनका लागि १६ ओटा आवेदन दर्ता भएका छन् । जसमध्ये १२ ओटामा चिनीयाँ लगानीका रहेका छन् ।

त्यस्तै अमेरिका, वेलायत, अष्ट्रेलियका र बंगलादेशका व्यवसायीले पनि एक÷एक रेष्टुराँ सञ्चालनका लागि स्वीकृति लिइसकेका छन् । सो स्थानमा विदेशी लगानीकर्ताले १ करोड रुपैयाँदेखि ५ करोड रुपैयाँसम्मको होटल तथा रेष्टुराँ खोल्ने भएका छन् । विभागका अनुसार उक्त स्थानमा होटल तथा रेष्टुराँ सञ्चालनका लागि हालसम्म झण्डै ५० करोड रुपैयाँ विदेशी लगानी स्वीकृत भएको देखिन्छ । ती होटल तथा रेष्टुराँबाट ४ सय ६१ जनाभन्दा बढीले रोजगारी पाउने विभागको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक पर्यटन प्रवद्र्धनको उद्देश्यसहित चन्द्रागिरीमा केबलकार सञ्चालन गर्न लागिएसँगै अन्य व्यवसाय संचालन गर्ने क्रम पनि बढेको हो । केबलकार सञ्चालनमा आए पश्चात व्यसायको वातावरण बन्ने आशाका साथ लगानी गर्नेको होडबाजी चलेको हो । चन्द्रागिरीका होटल रेष्टुरँसँगै रक क्लाइम्बिङलगायतका व्यवसाय पनि सञ्चालन गर्न लागिएको छ ।

त्यसैगरी, मासु प्रशोधन उद्योग, कृषि फारम, नन अल्कोहलिक ड्रिंकलगायत उद्योग स्थापनाका लागि पनि विभागमा दर्ता प्रस्ताव आएको छ । चन्द्रागिरी डाडाँमा १ सय बेडको तारे सुविधासहितको रिसोर्ट तथा व्राण्डेड सपिङ मल पनि सञ्चालन गरिने भएको छ । उक्त होटल तथा रेष्टुराँ विदेशी पर्यटकलाई लक्षित गरी निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL