Logo

रानीपोखरी पुनः निर्माण शुरु, यस्तो बन्दै छ (हेर्नुहोस तस्विर)

रानीपोखरी पुनः निर्माण शुरु, यस्तो बन्दै छ (हेर्नुहोस तस्विर)


रक्षा रेग्मी
54
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले रानीपोखरी पुनः निर्माणको काम शुरु गरेको छ । हाल पोखरीमा रहेको पानी बाहिर निकाल्ने काम भइरहेको काठमाडौं महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए । ‘यस अभियानअन्तर्गत सुरुमा पानी निकाल्दै छौं,’ उनले भने ‘त्यसलगतै पोखरीमा रहेको हिलो फाल्ने काम शुरु गछौं ।’

पोखरी सफा नगरेको धेरै समय हुँदा पोखरीमा कति हिलो भन्ने  बारे जानकारी नभएको उनले बताए । जसले गर्दा  त्यसका लागि कति जनशक्तिको आवश्यक पर्ने भन्ने यकिन  कार्कीले जानकारी दिए ।   त्यस्तै हिलोमा बहुमूल्य तथा ऐतिहासिक बस्तुहरु भेटिने सम्भावना रहेकोले त्यसको भेरिफिकेशनमा समय लाग्न सक्ने उनी बताउँछन् ।

कार्कीका अनुसार बिहीवारदेखि बालगोपालेश्वर मन्दिर भत्काउने काम समेत शुरु भएको छ । गत बर्ष वैशाखमा गएको भूकम्पका कारण पोखरीको मध्यभागमा रहेको बालगोपालेश्वर मन्दिरको समेत पूर्णरुपमा क्षति भएको थियो ।

 

Ranipokhari3महानगरपालिकाले सो मन्दिरको जिणोद्धारका साथै रानीपोखरीलाई सुन्दर बनाउने अभियान शुरु गरेको हो । कार्कीका अनुसार झन्डै ३ सय ५० वर्षपछि काठमाडौं महानगरपालिकाले सो मन्दिरसँगै रानीपोखरीलाई सुन्दर बनाउन लागेको हो ।

पुनःनिर्माणका लागि ६ करोड २९ लाखको बजेट विनियोजन गरिएको बताइएको छ । रानीपोखरीको नाममा झन्डै ६० रोपनी जग्गा रहेको छ । ६० रोपनी जग्गामध्ये ४० रोपनी पोखरीले ओगटेको छ । पोखरीको नाममा रहेको सबै स्थानमा सौन्दर्यकरण गरिने कामपाको योजना रहेको छ।

माछालाई टौदह लगिने

पोखरीको हिलो निकाल्न शुरु गरेसँगै रानीपोखरीमा रहेका माछालाई तौदहको पोखरीमा लैजाने तयारी गरिएको छ । पोखरीको हिलो निकालेर सफा गर्नुपर्ने भएकोले माछालाई सुरक्षित तवरले तौदह लान लागिएको हो । तर पोखरीमा रहेको हाँसको व्यस्थापनबारे भने हालसम्म अन्यौल रहेको बताइएको छ । रानीपोखरीमा राजहंस प्रजातीको हाँस छ ।

रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गर्ने योजना

Ranipokhari4

हिलो निकालेसँगै रानीपोखरीलाई ‘म्युजिकल वाटर फाउन्टेन’ पार्कमा परिणत गर्ने महानगरको योजना छ । राजधानीमा घुम्न जाने महत्वपूर्ण ठाउँको अभाव भएको भन्दै महानगरपालिकाले रानीपोखरीलाई पार्कमा परिणत गर्न लागेको हो । रानीपोखरीमा रंगीन ‘वाटर फाउन्टेन’ भने तयार भइसकेको छ । त्यस्तै छेउमा बस्नका लागि पार्क निर्माण कार्य चाँडै सुरु हुने उनले जानकारी दिए ।

त्यसैगरी रानीपोखरी वरिपरि गार्डेन निर्माण गरिने छ । जहाँ घुम्नका लागि दुईवटा बाटो बनाइने छ । पार्कमा आकर्षक लाइटका साथै चौबीसै घण्टा विजुलीको व्यवस्था हुनेछ । रानी पोखरी पार्कमा परिणत भएसँगै सर्वसाधारणका लागि खुल्ला गरिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL