Logo

यातायात क्षेत्रमा समानान्तर सरकार, हटाउन राजतन्त्र फालेभन्दा कठिन

यातायात क्षेत्रमा समानान्तर सरकार, हटाउन राजतन्त्र फालेभन्दा कठिन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अर्जुनकुमार कार्कीले यातायात क्षेत्रमा समानान्तर सरकार चलिरहेको बताए । ‘यातायात क्षेत्र हेर्दा अहिले देशमा २ वटा सरकार चलिरहेको अनुभुति हुन्छ,’ व्यवस्थापिका संसद्को विकाश समितिको छलफल कार्यक्रममा उनले, ‘यातायातलाई सरकारले संचालन गर्ने भएपनि व्यवसायीले आफुखुशी मनोमानी ढंगबाट चलाइरहेका छन् ।’

यातायात क्षेत्रको अराजकता र विकृति हटाउन राजतन्त्र फालेभन्दा पनि कठिन हुने उनको भनाइ थियो । ‘अहिले देशको यातायात क्षेत्र जसरी चलिरहेको छ त्यो अराजकताको पराकष्ठा हो,’ उनले भने ।

कार्कीका अनुसार विश्वमा हेर्ने हो भने कुनै पनि सवारीसाधनले नाफा कमाउनका लागि कम्तीमा २० दिन चल्नु पर्छ । तर, नेपालमा १ महिनामा १ दिन चल्दा उल्लेख्य नाफा कमाइरहेका छन् । नेपालमा चल्ने सवारीसाधन महिनामा मुस्किलले ४ देखि ५ दिन र अरनिको रुटमा चल्ने ट्रकहरु मुस्किलले १ दिन चलिरहेका छन् । महिनामा ४ दिन चल्दा पनि गाडी मालिकले वर्षेनी नयाँ गाडी थप्नेगरी पैसा कमाइरहेका समेत उनको आरोप थियो ।

सवारी क्षेत्रमा देखिएका विकृतिका कारण यात्रुहरु मर्कामा परिरहेको उनको दावी छ । ‘अहिले हरेक क्षेत्रले सडक सुविधा राम्रो नहुँदा यातायात्र क्षेत्र व्यवस्थित भएन भनिरहेका छन्,’ उनले भने, ‘यस क्षेत्रमा देखिएको कार्टेलिङ तथा अराजकता नहटाएसम्म जस्तोसुकै सडक बनाएपनि व्यवस्थित हुने छैन ।’ यस्ता खालका विकृति हटाउन सभासद् लगाएत सिङ्गो राज्य नै लागू पर्ने उनको भनाइ थियो ।

हाल काठमाडौंमा ट्याक्सी वाहेक १० हजार यात्रुवाहक सार्वजनिक सवारीसाधन संचानलमा छन् । तर, त्यसलाई संचालन गर्ने नाममा ३ सयभन्दा बढी संघ संस्थाहरु खुलेका छन् । काठमाडौंमा २ सयभन्दा बढी सवारी रुट संचालन छन् । आगामी दिनमा त्यसलाई ६६ वटा रुटमा झार्ने तयारी गरिरहेको समेत उनले जानकारी दिए । साथै, सावारीसाधनलाई ३ भागमा वर्गिकरण गरी सवारीरुट संचालन गरिने समेन कार्कीको भनाइ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL