Logo

भुकम्प र नाकाबन्दीको असर, २५ प्रतिशतले निर्यात घट्दा आयातमा १४ प्रतिशत गिरावट

भुकम्प र नाकाबन्दीको असर, २५ प्रतिशतले निर्यात घट्दा आयातमा १४ प्रतिशत गिरावट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । चालू आर्थिक वर्षको ८ महिनामा निर्यात व्यापार २४ दशमलव ९ प्रतिशतले घटेको छ । सो अवधिमा कुल ४२ अर्ब ७३ करोड रुपैयाँको मात्र निर्यात भएको छ । समीक्षा अवधिमा भारततर्फ निर्यात ३४ दमलव ५ प्रतिशतले घटेको छ भने चीनतर्फ झण्डै ५० प्रतिशतले घटेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ । यसैगरी, अन्य मुलुकतर्फको निर्यात भने ३ दशमलव ७ प्रतिशतले मात्र घटेको छ ।

भारततर्पmको निर्यातमा जिङ्क शीट, लत्ताकपडा, जीआई पाइप, जुस लगायतका वस्तुहरुको निर्यात घटेको छ भने चीनतर्फ प्रशोधित छाला, चाउचाउ, तयारी पोसाक लगायतका वस्तुहरुको निर्यात घटेको देखिन्छ । यसैगरी तेस्रो मुलुकतर्पm दाल, प्रशोधित छाला, छालाका तयारी सामान, चिया लगायतका वस्तुहरुको निर्यात घटेको छ ।
समीक्षा अवधिमा कुल वस्तु आयात १३ दशमलव ९ प्रतिशतले घटेरको छ । सो अवधिमा ४ खर्ब ३५ अर्ब ८० करोड रुपैयाँ बरावरको बस्तु आयात भएको छ । तर, गत आवको सोही अवधिमा यस्तो आयात १० दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । गत बैशाख १२ को भुकम्प तथा भारतले लगाएको अधोषित नाकाबन्दीका कारण आयात तथा निर्यात घट्न गएको हो ।

सो अवधिमा सवैभन्दा बढी भारतबाट भएको आयात १९ दशमलव ३ प्रतिशतले घटेको छ भने चीनबाट गरिने आयातमा २ प्रतिशतले मात्र गिरावट आएको छ । तेस्रो मुलुकबाट हुने आयातमा भने ६ प्रतिशतले ह्रास आएको छ । तेस्रो मुलुकबाट पनि भारतीय नाकाहुँदै आयात गर्नु पर्ने र सीमा भारतले गरेको नाकाबन्दीका कारण घट्न गएको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

भारतबाट पेट्रोलियम पदार्थ, एमएस विलेट, रासायनिक मल, मेसिनरी तथा पाटपूर्जा लगायतका वस्तुहरुको आयात घटेको छ । भारतवाट नेपालमा ठूलो परिमाणमा पेट्रोलियम पदार्थ आयात हुँदै आएकोमा नाकाबन्दीले त्यसमा सवैभन्दा बढी गिरावट आएको छ । यसैगरी, चीनबाट मेसिनरी तथा पार्टपूर्जा, विद्युतीय सामान, औषधिजन्य उपकरणहरु, स्टिल रड तथा सीट लगायतका वस्तुहरुको आयात घटेको छ भने तेस्रो चाँदी, खाने तेल, कच्चा पाम तेल, तामाको तार लगायतका वस्तुहरुको आयात घटेको देखिन्छ ।

तर, मासिक आधारमा भने अघिल्लो महिनाको तुलनामा फागुनमा कुल वस्तु आयात ३२ दशमलव २ प्रतिशतले बढेको छ । फागुन महिनामा मात्र ८९ अर्ब ९७ करोड रुपैयाँको आयात भएको देखिन्छ । अघिल्लो महिना यस्तो आयात रु. ६८ अर्ब ४ करोड मात्र रहेको थियो । समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १२ दशमलव ५ प्रतिशतले घटी ३ खर्ब ९३ अर्ब ७ करोडमा सीमित भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा १३ दशमलव १ प्रतिशतले बढेको थियो ।

सो अवधिमा निर्यात–आयात अनुपात ९ शदमलव ८ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११ दशमलव २ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL