Logo

भुकम्प र नाकाबन्दीको प्रभाव, होटलमा लगानी ७० प्रतिशतले घट्यो

भुकम्प र नाकाबन्दीको प्रभाव, होटलमा लगानी ७० प्रतिशतले घट्यो


रक्षा रेग्मी
0
Shares

काठमाडौं । गत बैशाख १२ को भुकम्प तथा करीव ४ महिना लामो भारतीय नाकाबन्दीले अर्थतन्त्रलाई उथलपुथल मात्र बनाएन लगानीकर्ताहरुको मनोबल समेत घटाएको छ । त्यसमा पनि पर्यटन व्यवसाय तथा होटलमा लगानी गर्ने लगानीकर्ताको मनोवल त धेरै गिरेको तथ्याङ्कले देखिएको छ ।

२०७२ सालमा पर्यटनमुलक उद्योग क्षेत्रमा भित्रिएको लगानीको प्रस्ताव निरासाजनक रहेको उद्योग विभागको तथ्याङ्कले देखाएको छ । २०७१ को तुलनामा होटल क्षेत्रमा लगानीको प्रस्ताव ७० प्रतिशतभन्दा बढीले घटेको विभागले जानकारी दिएको छ ।

विभागको तथ्याङ्क अनुसार होटल क्षेत्रमा अधिंकाश विदेशी लगानीको प्रस्ताव आएको छ । नाकाबन्दीका कारण देशमा लगानीको वातावरण विग्रीएको भन्दै विदेशी लगानीकर्ताले चासो नदेखाएका विभागका एक अधिकारीले जानकारी दिए ।

२०७१ सालमा होटल क्षेत्रमा स्वदेशी र विदेशी गरी झण्डै २२ अर्व रुपैयाँ बराबरका १ सय ३७ होटलमा लगानीको प्रस्ताव आएको थियो । तर, २०७२ सालमा ६ अर्व ६७ करोड ८० लाख रुपैयाँको मात्र लगानीको प्रस्ताव आएको तथ्याङ्कले देखाएको छ । यो रकम २०७१ को तुलनामा ७० प्रतिशतले कमि हो ।

यसैगरी होटलको लागि प्रस्ताव संख्यामा पनि कमि आएको छ । तथ्यांक अनुसार २०७१ मा १ सय ३७ वटा होटल खोल्न का लागि प्रस्ताव आएकोमा २०७२ मा १ सय वटा होटलका लागि मात्र प्रस्ताव आएको छ ।

भुकम्पपछि लगानी गर्न असुरक्षित महशुस गरिरहेका लगानीकर्तालाई नाकाबन्दीले थप आहत बनाएको सम्वन्धित व्यवसायीहरु बताउँछन् । केही वर्ष यता होटल क्षेत्रमा लगानीको प्रस्ताव बढेको भएपनि २०७२ मा भने उच्च रुपमा घटेको छ । नेपाल विश्वमा पर्यटकीय दृष्टिकाणले उपयुक्त स्थानको रुपमा चिनिदै जाँदा यो वर्ष होटल क्षेत्रमा लगानी झन् घटेको छ । दिर्घकालिन रुपमा यसको ठूलो असर पर्ने सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

होटलमा अधिकांश लगानीकर्ता विदेशी

पछिल्लो समय विदेशी लगानीकर्ता नेपालको होटल व्यवसायमा लगानी गर्न आकर्षित भएको देखिन्छ । विभागको तथ्यांक अनुसार विशेषगरी भारत, चीन, उत्तर कोरिया तथा अमेरिकी लगानीकर्ता नेपालमा होलट व्यवसाय संचालन गर्न आकर्षित भएका छन् ।

तथ्यांक अनुसार २०७२ मा १ सय वटा होटल संचालनका लागि प्रस्ताव आएकोमा ७६ ओटा विदेशी लगानीका रहेको छ । बाँकी २४ वटामा पनि अधिकांश विदेशी लगानीकर्ता साझेदार रहेका छन । विभागको तथ्यांक अनुसार नेपालमा हालसम्म १ हजार २ सय ३७ होटल दर्ता भएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL