Logo

मलेशियाद्वारा विदेशी कामदार नलिने घोषणा,५ सय म्यानपावर कम्पनी धराशयी बन्दै

मलेशियाद्वारा विदेशी कामदार नलिने घोषणा,५ सय म्यानपावर कम्पनी धराशयी बन्दै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मलेसिया सरकारले तत्कालका लागि विदेशी कामदार नलिने घोषणा गरेको छ । मलेशिया सरकारले आफ्नो मुलुकलाई चाहिने आवश्यक कामदारको अध्ययन गर्नका लागि भन्दै विदेशी कामदार लिन रोक लगाउने निर्णय गरेको हो । शुक्रबार मलेसियाका उपप्रधान तथा गृहमन्त्री अहमद जाहिद हमिदीले यस्तो घोषणा गरेका हुन् ।

मलेशिया सरकारको सो निर्णयसँगै बैदेशिक रोजगारीमा जान चाहने धेरै नेपाली कामदारहरु रोजगारीबाट बञ्चित हुनेछन् । पछिल्लो केही समययता नेपालबाट वार्षिक झण्डै २ लाख कामदार मलेशियाको रोजगारीमा गइरहेका छन् । नेपाल सरकारले ल्याएको जिरो कष्ट तथा बायोमेट्रिक प्रणालीजास्ता विषयले पछिल्लो समय सो देशको रोजगारीमा जाने कामदार घटेको थियो ।

अहिले नेपालबाट ७ सय ५६ जना म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार पठाउँदै आएका छन् । जसमध्ये ५ सयभन्दा बढी म्यानपार कम्पनीले मलेशियाको रोजगारीमा कामदार पठाउँदै आएका छन् । सरकारको सो निर्णयसँगै धेरैजसो म्यानपावर कम्पनीलाई असर गर्ने मदिना इन्टरनेशल सर्भिसेजका संचालिका सुवर्ण श्रेष्ठले बताइन् । हालसम्म मलेशियाको रोजगारीमा १० लाखभन्दा बढी कामदार रोजगारीका लागि बैदेशिक रोजगार विभागको तथ्याङ्कमा उल्लेख छ ।

मलेशियाको सारवाक राज्यमा आयोजित कार्यक्रममा गृहमन्त्री अमिदीले सबै मुलुकबाट कामदार लिन आजैबाट प्रतिबन्ध लगाइने बताएको मेलसियाको संचार माध्यहरुले जनाएका छन् । सरकारले विदेशी कामदारका लागि दुई किसिमको लेभीबारे पनि समीक्षा गरिरहेको जानकारी दिँद विदेशी कामदार ल्याउने कार्यलाई सरकारले गम्भीर रुपमा लिएको उनको भनाई थियो । सरकारको यो कमदसँगै कुनै पनि विदेशी नागरिक कामदारको रुपमा मलेसिया छिर्न पाउने छैनन ।

तर, कामदारको कुन क्षेत्रमा कति आवश्यकता छ भन्ने यकिनपछि मात्र विदेशी कामदार लिन सकिने उनको भनाइ थियो । मलेशिया सरकारले बंगलादेशसँग ३ वर्षभित्र १५ लाख कामदार लिन विहीबारमात्र सम्झौता गरेको थियो । तर, मलेसिया सरकारको यो निर्णयसँगै बंगलादेशबाट कामदार नलिने भएको छ ।

मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाइने उद्देश्य अनुरुप सो निर्णय गरिएको मन्त्री हमिदीले बताए । सरकार अवैध कामदारलाई फेरि वैधानिक बनाउने र मलेसियालाई अवैध कामदारमुक्त मुलुक बनाउनेतर्फ लागिरहेको जानकारी दिँदै पुनःदर्ता कार्यक्रममा सहभागी नहुनेलाई अवैध कामदारको रुपमा पक्राउ गरिने उनको भनाइ छ । सरकारको आह्वान अटेर गरी अबैधानिक रुपमा बस्ने कामदारलाई सुरक्षाकर्मी परिचालन गरेर पक्राउ गर्ने गृहमन्त्री हमिदीको चेतावनी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL