Logo

प्राइम बैंकले पायो अन्तरराष्ट्रिय अवार्ड, सीईओ मानन्धर उत्कृष्ट म्यानेजर

प्राइम बैंकले पायो अन्तरराष्ट्रिय अवार्ड, सीईओ मानन्धर उत्कृष्ट म्यानेजर


रामराजा श्रेष्ठ
378
Shares

काठमडौं । प्राइम कमर्शियल बैक यस वर्षको एशिया प्रसान्त क्षेत्रको उत्कृष्ट बैंकको रुपमा छनौट भएको छ । बैंकलाई बेलायतको अक्सफोर्ड अन्तरगतको यूरोप विजनेश एसेम्बली (इबीए)ले २०१६ को प्रेस्टिजिएस इन्टरनेशनल अवार्ड प्रदान गरेको हो ।
अक्सफोर्ड अन्तरगत सन् २००० मा स्थापना भएको यूरोप विजनेश एसेम्ब्लीले समाजलाई आर्थिक, बैज्ञानिक, सामाजिक र सास्कृतिक रुपमा विकास गर्न सहयोग पुर्याउने संस्थालाई उक्त अवार्ड दिँदै आएको छ । । विशेषगरी, इबीएले राजनीतिज्ञ, उद्यमी व्यवसायी, बैज्ञानिक र कलाकारलाई यस्तो अवार्ड दिने गरेको छ । बैंकले उत्कृष्ट व्यवस्थापन, कर्मचारीलाई राम्रो सेवा सुविधा तथा सेवाग्राहीलाई राम्रो सेवा प्रदान गरे वापत उक्त अवार्ड दिइएको इबीले जनाएको छ ।

europe business accembely

साथै, इबीएले कम्पनीको कार्यसम्पादन, प्रभावकारिता, स्पष्ट दृष्टिकोण र सफल नेतृत्व, सृजनशिलता र नयाँ आविश्कार, उच्च व्यवसायिकता, व्यवस्थापकिय कुशलता, आचरण र संस्थागत सामाजिक उत्तरदायित्व लगायतका विषयमा मुल्याङ्कन गरी बैंकलाई सो अवार्ड दिने निर्णय गरेको जानकारी दिएको छ ।

यसैगरी, इबीएले प्राइम कमर्शियल बैंककै प्रमुख कार्यकारी अधिकृत नारायणदाश मानन्धरलाई यस वर्षको उत्कृष्ट म्याजेनर अवार्ड प्रदान गरेको छ । व्यवसायलाई निरन्तर रुपमा उत्कृट र ख्यातीप्राप्त बनाएको, प्रभावकारी रणनीति तर्जुमा गरेको र व्यवसायलाई निरन्तर विस्तार गरेको भन्दै मानन्धरलाई उक्त अवार्ड दिएको हो ।

इवीएले यही मार्चमा २२ मा बेलायतमा विशेष कार्यक्रम गरी अवार्ड वितरण गर्दैछ । अवार्ड लिनका लागि इवीले मानन्धरलाई निमन्त्रण समेत गरिसकेको छ ।

बैंकले स्थापना कालदेखि नै लगानीकर्तालाई प्रतिफल दिँदै आएको छ । बैंक गत आर्थिक वर्षमा कम खर्च गरी बढी नाफा कमाउने बैंककध्ये पहिलो सूचिमा थियो । चालू आर्थिक वर्षको ६ महिनामा पनि ५२ करोड  रुपैयाँभन्दा बढी नाफा कमाउने बैंक स्रोतले जानकारी दिएको छ ।

प्राइम नेपालको उत्कृष्ट १० बैंकको सूचीभित्र रहेको छ । बैंकले जलविद्युत, सिमेन्ट उद्योगलगायतका क्षेत्रमा लगानी गर्दै आएको छ ।

eba-letter

प्रतिक्रिया दिनुहोस्
MBL