Logo

नेपालमा ‘एसेम्बल प्लाण्ट’ खोल्दै कोरियाली मोटर निर्माता कम्पनी किया

नेपालमा ‘एसेम्बल प्लाण्ट’ खोल्दै कोरियाली मोटर निर्माता कम्पनी किया


रामराजा श्रेष्ठ
0
Shares

रामराजा श्रेष्ठ

३१ भदौं, काठमाडौं ।  कोरियाली मोटर निर्माता कम्पनी कियाले नेपालमा एसेम्बल उद्योग खोल्ने भएको छ । कियाले नेपाली बजारमा आफ्नो उपस्थिती बढाउनका लागि मोटर निर्माण प्लाण्ट स्थापना गर्न लागेको हो ।

नेपालमा एसेम्बल उद्योग खोल्ने सम्बन्धमा छलफलका लागि कियाको एसिया प्यासिफक प्रमुख जेएफ युन आज नेपाल आउने कार्यक्रम रहेको नेपालका लागि किया मोटर्शको आधिकारीक विक्रेता कन्टिनेण्टल एसोसियट्स प्रालिका अध्यक्ष सुहिृद घिमिरेल जानकारी दिए । ‘कियाले नेपालमा मोटर प्लाण्ट स्थापनाका लागि नेपाल सरकारसँग छलफल गर्न प्रमुख युन आजै नेपाल आउँदै हुनुहन्छ,’ उनले भने, ‘कुन आधारमा एसेम्बल उद्योग स्थापना गर्ने भन्ने विषयमा नेपाल सरकारसँग आझै छलफल हुनेछ ।’

घिमिरेका अनुसार कियाले नेपालमा एसेम्बल प्लाण्ट खोल्ने विषयमा आझै एक सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको थियो । तर, प्रमुख युन भोली नै फर्कने कार्यक्रम रहेकाले केही दिनका लागि सारिएको हो । समझदारी पत्रका हस्ताक्षर नभएपनि सैदान्तिक रुपमा भने सहमति गरिने समेत उनले जानकारी दिए । सोही अनुसार किया मोटर्शले नेपाल स्थित उसको आधिकारीक विक्रेता कन्टिनेण्टल एसोसियट्को सहकार्यमा प्लाण्ट संचालनमा ल्याउने छ ।

kia-motors

 

नेपालमा मोटर प्लाण्ट खोल्ने विषयमा कियाको एसिया प्रमुख योनले अर्थमन्त्री डा. रामशरण महतसँग सिष्टाचार भेट तथा छलफल गर्ने भएका छन् । नेपालमा मोटर प्लाण्ट खोल्दा सरकारले के–कस्ता सुविधा दिनसक्छ सो विषयमा पनि छलफल हुने घिमिरेले जानकारी दिए ।

नेपाल सरकारले नेपालमै मोटर एसेम्बल गर्ने कम्पनीलाई विशेष सुविधा दिने बताउँदै आएको छ । अर्थमन्त्री डा. महतले मंगलबार नाडा अटो शोलाई सम्बोधन गर्दै नेपालमा एसेम्बल गर्ने कम्पनीको लागि पाटर्सपुर्जामा समेत भन्सार छुट दिने बताएका थिए ।

आगामी दिनमा नेपाल सरकारले एसेम्बल प्लाण्ट स्थापना गर्दा के–कस्ता छुट दिनसक्छ छलफल गरेर अघि बढिने घिमिरे बताउँछन् । ‘कियाको एसेम्बर प्लाण्ट स्थापना गर्ने विषयमा पहिलो चरणमा छलफल गरिसकेका छौं,’ उनले भने, ‘सरकारले उपयुक्त सुविधा दिएमा आगामी १ वर्षभित्रमा प्लाण्ट संचालनमा ल्याउने छौं ।’ तर, नेपालबाट कस्ता–कस्ता खालका गाडी उत्पादन गर्ने भन्ने विषयमा भने अझै टुङ्गो नलागेको उनले जानकारी दिए ।

घिमिरेका अनुसार कियाको एसेम्बल प्लाण्टमा लागि कम्पनीले बारामा जग्गा समेत तयारी गरिसकेको थियो । कम्पनीले बारामा १ लाख २० हजार वर्गफिट जग्गा समेत तयारी अवस्थामा राखेको छ । तर, संघीयताका कारण कुन ठाउँमा मोटर प्लाण्ट राख्ने भन्ने निश्चित नभएको उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL