Logo

काठमाडौं महानगरपालिकाको कोरोना प्रभावित व्यवसायलाई करमा छुटैछुट, तपाईँले कति छुट पाउँदै हुनुहुन्छ ?

काठमाडौं महानगरपालिकाको कोरोना प्रभावित व्यवसायलाई करमा छुटैछुट, तपाईँले कति छुट पाउँदै हुनुहुन्छ ?



काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने विभिन्न पेशा व्यवसायलाई छुट दिने भएको छ । महानगरपालिकाको सातौं नगरसभाले कोरोना भाईरसले निम्त्याएको लकडाउनले पेशा व्यवसायमा ठुलो असर परेको भन्दै यस्तो छुटको निर्णय गरेको हो ।

laxmi

उक्त निर्णय अनुसार चालु आर्थिक बर्षको पौष मसान्तसम्म सम्पत्ति करमा १० प्रतिशत छुट दिने भएको हो । यस्तै कामपाले होटल वा रिसोर्टको को नाउँमा दर्ता भई संचालनमा रहेका करदाताहरुलाई आर्थिक वर्ष २०७७ ७८ को सम्पत्ति करमा पौष मसान्तसम्म ८५ प्रतिशत छुट हुने र माघदेखि आषाढ मसान्तसम्म ७५ प्रतिशत छुट हुने जानकारी दिएको छ ।

कामपाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७२ ०७३ लाई व्यवसाय कर का आधार वर्ष मान्ने सो भन्दा पुरानो आर्थिक वर्षहरुको व्यवसाय कर बक्यौता र जरिवानामा शतप्रतिशत छुट हुने बताएको छ ।

आर्थिक वर्ष २०७७ ७८ मा लाग्ने व्यवसाय करमा आर्थिक ऐन, २०७७ को (ङ) खण्डमा उल्लेखित होटल, पर्यटन तथा मनोरन्जन क्षेत्रसँग सम्बन्धित व्यवसाय करमा ५० प्रतिशत छुट भएको छ ।

यस्तै अन्य व्यवसाय हरुको व्यवसाय करमा २० प्रतिशत छुट हुने समेत कामपाले जानकारी दिएको छ । पछिल्लो सयम विभिन्न व्यवसायीहरु कोरोनाका कारण चौपट भएको बताउँदै आएका बेला महानगरले उक्त सुविधा उपलब्ध गराएको हो ।

यस्तै आर्थिक वर्ष २०७२ ०७३ लाई बहाल कर का आधार वर्ष मान्ने सो भन्दा पुरानो आर्थिक वर्षहरुको बहाल कर बक्यौता र जरिवानामा शतप्रतिशत छुट हुने भएको छ ।

नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको अवधिमा घरधनीले कम्तिमा एक महिनाको बहाल छुट दिएको स्वः घोषणा गरेमा आर्थिक बर्ष २०७७र ७८ मा लाग्ने बहाल करमा १० प्रतिशत छुट हुने समेत सूचनामा उल्लेख छ । नेपाल सरकारले घोषणा गरेको बन्दाबन्दीको कारण आर्थिक बर्ष २०७६ ०७७ को सम्पूर्ण कर बक्यौतामा जरिवाना नलिनेसमेत महानगरले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL