Logo

नयाँ पेट्रोल पम्पका लागि परेका १ हजार २४ आवेदन रद्ध, यसकारण गरियो आवेदन रद्द

नयाँ पेट्रोल पम्पका लागि परेका १ हजार २४ आवेदन रद्ध, यसकारण गरियो आवेदन रद्द



काठमाडौं । नेपाल आयल निगमले नयाँ विक्रेता नियुक्तिका लागि आएका १ हजार २५ आवेदन रद्ध गरेको छ । निगमको असार १६ गते बसेको संचालक समितिको बैठकले १ हजार २५ आवेदन रद्ध गर्ने निर्णय गरेको थियो ।

सोहीअनुसार निगमले उक्त १ हजार २५ आवेदन पहिले पेट्रोल पम्प रहेकै स्थानमा तथा अनुपयुक्त स्थानमा नै आवेदन परेकाले रद्द गरिएको जानकारी दिएको छ ।

निगमले भौगोलिक दृष्टिकोण, सवारीसाधनको चाप, जनसंख्या तथा सडक घनत्वलगायतलाई ध्यान दिएर नयाँ विक्रेता नियुक्तिका लागि गत बर्ष बैशाख १७ र भदौ १० मा आवेदन माग गरेको थियो ।

तर नयाँ विक्रेता नियुक्तिका लागि आएका सबै आवेदनहरु एकै स्थानमा अर्थात पहिले पेट्रोल पम्प भएकै स्थानमा एकिकृत गरी आएकाले रद्द गर्नुपरेको बताएको छ ।

निगमले रद्ध भएका आवेदकले आवश्यक प्रक्रिया पूरा गरि निवेदन शुल्क लैजान आग्रहसमेत गरेको छ । यस्तै निगमले अवका दिनमा नयाँ विक्रेताका लागि आवेदन माग गर्दा निवेदकको लागत, विक्रेताको लाभलगायतका व्यवसायीक योजना माग गरेर मात्रै नयाँ विक्रेता नियुक्ति गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL