Logo

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने

नेपाल प्रहरीको नयाँ महानिरीक्षकमा शैलेश थापा नियुक्त, बिहीबारदेखि जिम्मेवारी सम्हाल्ने



काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक(आइजिपी)मा सरकारले अतिरिक्त महानिरीक्षक एआइजी शैलेश थापालाई बढुवा गरेको छ। मंगलबार अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले थापालाई बढुवा गर्दै नेपाल प्रहरीको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । उनले बिहीबारदेखि कार्यभार सम्हाल्नेछन् । विस २०७९ वैशाख १८ सम्म उनी नेपाल प्रहरीको आइजिपी रहनेछन् ।

laxmi

वर्तमान आइजिपी ठाकुरप्रसाद ज्ञवालीले ३० वर्षे सेवा अवधिका कारण बुधबारपछि अवकाश पाउँदैछन् । उनले २०७६ माघ २९ गते आइजिपीको जिम्मेवारी सम्हालेका थिए ।

अबको आइजिपीका लागि थापाबाहेक हरि पाल मात्र उम्मेदवार थिए। एआइजीमध्येबाट आइजिपी नियुक्त गर्नुपर्ने प्रहरी नियमावलीमा उल्लेख छ । हाल रहेका तीन जना एआइजीमध्ये तारिणीप्रसाद लम्सालले पनि बुधबारपछि अवकाश पाउँदैछन् । वर्तमान आइजिपी ज्ञवाली र लम्सालले २०४७ साल असार २५ गतेदेखि नेपाल प्रहरीमा प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

थापा र पालले एकै दिन अर्थात २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका हुन् । गत फागुनमा एआइजीमा बढुवा हुँदा आफ्ना ब्याचीमध्ये थापा पहिलो र पाल दोस्रो नम्बरमा थिए। थापा एसएसपी र डीआइजी हुँदापनि ब्याचीमध्ये पहिलो नम्बरमा थिए । प्रहरी निरीक्षकमा नाम निकाल्दा पनि पहिलो नम्बरमा रहेका थापाले पहिलो नम्बरमै रहेर सेवाबाट अवकाश पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL