Logo

कोरोना कहर : विश्वभर ६५ लाख ३५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए, संक्रमति भने दिनहुँ बढ्दैं

कोरोना कहर : विश्वभर ६५ लाख ३५ हजारभन्दा धेरै कोरोना संक्रमित निको भए, संक्रमति भने दिनहुँ बढ्दैं



काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण र मृत्युदर नघटेपनि यसबाट निको हुने मानिसको संख्या भने बढ्दै गएको छ । आज बिहानसम्म संसारभरका ६५ लाख ३५ हजारभन्दा धेरै मानिस कोरोना निको भएर घर फर्केका छन् ।

laxmi

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ६५ लाख ३५ हजार ४ सय ९२ जना कोरोनाबाट निको भएका हुन् । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर ५ लाख ३६ हजार ७७६ जनाले ज्यान गुमाएका छन् । संक्रमितको संख्या १ करोड १५ लाख ५६ हजार ६८१ छ ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म १ लाख ३२ हजार ५६९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या २९ लाख ८२ हजार ९२८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ४४ हजार ५ सयभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने २५१ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा संक्रमितको संख्या १६ लाख ४ हजार ५८५ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ५३५ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ६४ हजार ९ सय पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL