Logo

संसदको चालू अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपतिलाई सिफारिस

संसदको चालू अधिवेशन स्थगन गर्ने मन्त्रिपरिषद्को निर्णय, राष्ट्रपतिलाई सिफारिस



काठमाडौं । सरकारले संघीय संसदको चालू अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

laxmi

ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो । आजै मन्त्रिपरिषद् बैठक अगाडि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL