Logo

आजदेखि सबै सरकारी कार्यालय खुल्ने, सेवाग्राहीलाई दुई सिफ्टमा सेवा

आजदेखि सबै सरकारी कार्यालय खुल्ने, सेवाग्राहीलाई दुई सिफ्टमा सेवा



काठमाडौं । आजबाट लकडाउनबाट धेरै खुकुलो भएको छ । कोरोना भाइरसको रोकथामका लागि अपनाइएको लकडाउन खुकुलो बनाउँदै लाने योजना अनुसार आजबाट सबै सरकारी कार्यालय खुल्नेछन् ।

भीडभाड कम गर्ने गरी रोकथामका उपायसहित सरकारी कार्यालय खुल्न थालेका हुन् । कार्यालय शुरुमा २ बजेसम्म खोलिने भएको छ । त्यसपछि दुई सिफ्ट गरी ८ देखि २ र २ देखि ६ बजेसम्म खोलिने योजना बनाइएको छ ।

यस्तै आजैदेखि निजी क्षेत्रका उद्दोग, व्यवसाय तथा कार्यालय पनि सुचारु हुने भएका छन् । कतिपय भने यसअघि नै सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL