Logo

१२३ वटा फर्मले चकलेट आयात गरिरहेका छन्, कुनै एउटा फर्मलाई हेरेर भन्सार दर समायोजन गर्यो भन्नु गलत : अर्थमन्त्री खतिवडा

१२३ वटा फर्मले चकलेट आयात गरिरहेका छन्, कुनै एउटा फर्मलाई हेरेर भन्सार दर समायोजन गर्यो भन्नु गलत : अर्थमन्त्री खतिवडा



काठमाणडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले चकलेटमा २०७१र७२ सालदेखि ३० प्रतिशतमा रहेको भन्सार गएको वर्ष ४० प्रतिशत पुर्याइएको र यस पटक फेरि समायोजन गरेर ३० प्रतिशतमा झारिएको प्रष्टीकरण दिएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत अर्थ मन्त्रालयसँग सम्बन्धित बजेटको विषयमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै अर्थ मन्त्री खतिवडाले एक सय २३ वटा फर्मले चकलेट आयात गरिरहेको भन्दै कुनै एउटा फर्मलाई हेरेर भन्सार दर समायोजन नगरिएको स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्
MBL