Logo

आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ, संख्या बढ्यो भनेर आत्तिनु हुँदैन : डा रवीन्द्र पाण्डे

आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ, संख्या बढ्यो भनेर आत्तिनु हुँदैन : डा रवीन्द्र पाण्डे



काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या बढ्ने दर उच्च हुँदैछ | कोरोना भाइरस संक्रमित एकजना व्यक्तिले औसत २ देखि ३ जनालाई संक्रमण सार्न सक्दछ | त्यसैले १ जना संक्रमित हुँदा २-३ जना, १०० जना संक्रमित हुँदा २००-३०० जना र १ हजार संक्रमित हुँदा २००० – ३००० जनामा संक्रमण सर्नु स्वाभाविक मानिन्छ | आगामी दिनमा पनि संक्रमितको संख्या बढ्दै जानेछ | कोरोना संक्रमितको संख्या बढ्यो भनेर हामी आत्तिनु हुँदैन |
..
हरेक नागरिकले ‘ म कोरोनाबाट बच्नेछु, मेरो परिवार र समाजलाई बचाउनेछु |’ भनेर प्रण गर्यौं भने कोरोना संक्रमणको चढ्दो गति घट्दै ओर्लिनेछ | यसको लागि निम्न लिखित प्रण गरौँ :
..
१. म बिनाकाम घरबाहिर जाने छैन |
२. घरबाहिर जाँदा सहि तरिकाले मास्क, चस्मा र पंजा लगाउनेछु | बाटोमा मास्कबिना हिंडेको कोहि देखेमा मसंग खल्तीमा भएको नयाँ मास्क उसलाई दिनेछु |
३. मैले जहाँपनि ६ फिटको भौतिक दुरी राखेर हिंड्नेछु / बस्नेछु | यसको लागि पर्खने, अरुलाई बाटो दिने गर्नेछु | दुरी कायम गर्न अरु व्यक्तिलाई पनि अनुरोध गर्नेछु |

४. म भीडभाडमा जाने छैन | कोरोना संक्रमण भीडभाडबाट सर्छ भन्ने कुराप्रति म सचेत छु |
५. मैले बाटो वा अन्य कार्यालयमा खल्तीमा राखेको स्यानिटाइजर प्रयोग गर्नेछु | घर, अफिस लगायत ठाउँमा साबुनपानीले नियमित हात धुनेछु | अन्य व्यक्तिलाई पनि हात धुन प्रेरित गर्नेछु |
६. घर पुगेपछि मैले प्रयोग गरेका मास्क तथा पंजालाई खाल्डोमा गाड्नेछु | चस्मा, झोला, बाहिरी कपडा सकभर घरबाहिर वा कोठाबाहिर राख्नेछु | घरभित्र पुगेपछि साबुनपानीले मिचिमिची हात धुनेछु | नाक, मुख तथा आँखामा हात लाग्ने बानी छोड्नेछु / छोडाउनेछु |

७. कोरोना भाइरस श्वासप्रश्वासजन्य भाइरस भएकोले फलफूल, तकारी, खाधान्न आदिलाई राम्रोसंग सफा गर्यो भन्ने सर्दैन भन्ने तथ्य मैले बुझेको छु |

८. कोरोना संक्रमितमध्ये ८५ % लाई लक्षण नदेखिएर वा सामान्य देखिएपनि आफै निको हुन्छ | ८ प्रतिशतलाई सामान्य उपचारले निको हुन्छ | ७ % लाई आइसीयु \ भेन्टिलेटर चाहिने हुनसक्छ | मृत्युदर ३ % मात्र छ, त्यो पनि जोखिमबर्गलाई भन्ने तथ्य मैले बुझेको छु | नेपालमा कोरोना संक्रमणको मृत्युदर अहिलेसम्म ०.४ % पनि छैन भन्ने थाहा पाएको छु | तसर्थ डराउनुपर्ने कारण छैन भन्ने मैले बुझेको छु |

९. मैले आधिकारिक सुचना र बिज्ञको भनाइ / सल्लाहमात्र पत्याउनेछु | भ्रम र हल्लाको पछि लाग्ने छैन |
१०. कोरोना भाइरससंग लड्न इम्युनिटी पावर बढाउन म अग्रसर हुनेछु | यसको लागि अमिला फलफूल, हरिया सागसब्जी, दुध, गेडागुडी, अण्डा, गुर्जो+तुलसी +बेसार + ज्वानो + अदुवा मिलाएको सुप खानेछु, घाम ताप्नेछु, व्यायाम गर्नेछु | चिन्ता गर्नेछैन | रक्सी, चुरोट र सुर्ती खाने छैन |

११. यो भाइरस केहि बर्ष रहेपनि म बचेर आफ्नो काम गर्नेछु | मानसिक तनाब, चिन्ता लिने छैन | सतर्क हुनेछु तर डराउने छैन |

१२. कोरोना संक्रमित, निको भएका, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी, संचारकर्मी, खाध्य ढुवानीकर्मी तथा सरकारका नीतिनियमलाई सम्मान गर्नेछु | बायस हुनेछैन |-डा पाण्डे जनस्वास्थ्य विज्ञ हुनुहुन्छ

प्रतिक्रिया दिनुहोस्
MBL