Logo

कोरोना कहर : विश्वमा कोरोना संक्रमित ६० लाख नाघे, साढे २६ लाख निको भए (अपडेट)

कोरोना कहर : विश्वमा कोरोना संक्रमित ६० लाख नाघे, साढे २६ लाख निको भए (अपडेट)



काठमाडौं । विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुनेको संख्या ६० लाख नाघेको छ । शनिबार बिहानसम्मको तथ्यांकअनुसार ६० लाख २९ हजार ९५० जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोनाबाट अहिलेसम्म ३ लाख ६६ हजार ८०२ जनाले ज्यान गुमाइसकेका छन् । अहिलेसम्म २६ लाख ५९ हजार २३९ जना निको भइसकेका छन् भने ३० लाख ३ हजार ९०९ जना उपचाररत छन् । उपचाररत मध्ये ५३ हजार ७३५ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटरले जनाएको छ ।

शनिबार बिहानसम्म तथ्यांक हेर्दा संसारमा सबैभन्दा धेरै अमेरिकामा १७ लाख ९३ हजार ५३० जना संक्रमित भएका छन् भने त्यहाँ ज्यान गुमाउनेको संख्या १ लाख ४ हजार ५४२ जना पुगेका छन् ।

ब्राजिलमा ४ लाख ६८ हजार संक्रमित छन् । त्यसपछि अत्यधिक संक्रमित हुनेमा रसिया, स्पेन, बेलायत, इटली, फ्रान्स, जर्मनी, भारत र टर्की रहेका छन् ।

भारत चीन र इरानलाई पछि छाड्दै अत्यधिक संक्रमतिको नवौं स्थानमा आइपुगेको छ । चीन भने यो सूचीको १६औं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL