Logo

बजेट विशेष : आगामी बर्ष दुई सय ७२ अस्पताल बनाईने

बजेट विशेष : आगामी बर्ष दुई सय ७२ अस्पताल बनाईने



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले संघिय संसदमा आर्थिक बर्ष २०७७र०७८ को लागि बजेटमा कोरोना भाईरस (कोभिड १९) नियन्त्रण, उत्पादन र रोजगारी बृद्धिलाई जोड दिएर बजेट निर्माण गरेको बताएका छन् ।

बजेटले कोरोना नियन्त्रण, समुन्त आर्थिक बिकास र समृद्धि हासिल गर्ने, संघियता कार्यान्वनमा बजेटले जोड दिएको छ । प्रदेश र स्थानीय तहको लागि एक खर्ब २२ अर्ब १४ करोड रुपैयाँ बजेट बिनियोजन, प्रदेश र स्थानीय तहमा निर्माण हुने आयोजनको लागि नौ अर्ब ९६ करोड बजेट छुट्याईएको छ ।

स्वास्थकर्मीलाई पाँच लाख रुपैयाँसम्मको सहयोग गरिने छ भने कोरोना नियन्त्रणको लागि छ अर्ब बजेट बिनियोजन गरिएको छ । यसैगरी स्वास्थ पुर्वाधार बिकासको लागि १२ अर्ब ९६ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ ।

आगामी बर्ष सरकारले दुई सय ७२ अस्पातल निर्माणको लागि १४ अर्ब २७ करोड रुपैयाँ बजेट बिनियोजन गरिएको छ । यसैगरी आगामी बर्ष ४० प्रतिसत जनसंख्यामा बीमाको पुहंच बिस्तार गरिने, सबै प्रदेशमा स्वास्थ बीमाको पहुंच पुर्याउने, बीमाको पहुंच बिस्तारको लागि सात अर्ब ५० करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ । सरल सुलभरुपमा एम्बुलेन्स सेवा बिस्तार गरिने बजेटले लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL