Logo

कोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे २३ लाख बढी (अपडेट)

कोरोना संक्रमितको संख्या ५५ लाख ८२ हजार नाघ्यो, उपचार पछि घर फर्कनेको संख्या साढे २३ लाख बढी (अपडेट)



काठमाडौं । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट ५५ लाख ८२ हजार ३६३ जना संक्रमित भएका छन । उपचार पछि निको हुनेको संख्या २३ लाख ६१ हजार २९ जना रहेका छन भने उक्त भाईरसका कारण ज्यान गुमाउनेको संख्या ३ लाख ४७ हजार ५६३ जना रहेको छ ।

उक्त भाईरसबाट सबै भन्दा बढी प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या १७ लाख ६ हजार १५० जना पुगेको छ । उपचार पछि निको हुनेको संख्या ४ लाख ६२ हजार ७५७ जना पुगेको छ भने ज्यान गुमाउनेको संख्या ९९ हजार ८०४ जना पुगेको छ ।

ब्राजिलमा संक्रमितको संख्या ३ लाख ७४ हजार ८९८ पुगेको छ भने उपचार पछि घर फर्कनेको संख्या १ लाख ५३ हजार ८३३ जना पुगेको छ । मृत्यु हुनेको संख्या २३ हजार ४७३ जना पुगेको तथ्याङ्कमा उल्लेख छ । ब्राजिल पछि बढी संक्रमित हुने देशहरुमा क्रमश रसिया, स्पेन, बेलायत, इटालि, फ्रान्स, जर्मन, टर्कि, भारत, इरान र पेरु रहेका छन । जहाँ १ लाख भन्दा बढी मानिसमा उक्त भाईरस संक्रमण देखिएको छ ।

त्यस्तै ब्राजिल पछि सबै भन्दा बढी मानिसको मृत्यु हुने देशहरुमा भने स्पेनमा २६ हजार ८५७, बेलायतमा ३६ हजार ९१४, इटालिमा ३२ हजार ८७७, फ्रान्समा २८ हजार ४७२, बेलजियममा ९ हजार ३१२, जर्मनमा ८ हजार ४२८, इरानमा ७ हजार ४५१, क्यानाडा ६ हजार ६५४५ र नेदरल्याण्डमा ५ हजार ८३० जना रहेका छन ।

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितको संख्या ८८ हजार २८० जना रहेको छ भने मृत्यु हुनेको संख्या ३ हजार ४६ जना रहेको छ । उक्त भाईरसबाट नेपालमा भने हालसम्म ६८२ जना संक्रमित देखिएका छन भने उपचार पछि निको हुनेको संख्या ११२ जना रहेको छ । त्यस्तै कोरोना भाईरसका कारण नेपालमा ज्यान गुमाउनेको संख्या भने ४ जना रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL