Logo

प्रधानमन्त्रीले बोलाए साढे ४ बजे सर्वदलीय बैठक, सीमा विवादबारे साझा धारणा तय गर्ने प्रयास

प्रधानमन्त्रीले बोलाए साढे ४ बजे सर्वदलीय बैठक, सीमा विवादबारे साझा धारणा तय गर्ने प्रयास



काठमाडौं । भारतसाग पछिल्लो समय चर्केको सीमा विवादबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ साढे चार बजे सर्वदलीय बैठक बोलाएका छन् । भारतसँगको सीमा विवादको विषयमा सबै दलको साझा धारणा बनाउन पूर्वप्रधानमन्त्रीहरुलाई बालुवाटार बोलाइएको हो ।

laxmi

प्रधानमन्त्री ओलीको प्रमुख स्वकिय सचिव राजेश बज्राचार्यले दिएको जानकारीअनुसार सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु र सबै दलका शीर्ष नेताहरुलाई बोलाईएको छ ।

भारतले नेपाली भूमिमा सडक बनाएपछि नेपालमा भारतको चौतर्फी विरोध भैरहेको छ । संसदमा समेत अहिले यही विषय जोडदार रुपमा उठिरहेको छ । प्रधानमन्त्री ओलीले हिजोको मन्त्रिपरिषद बैठकमा भारतले लिपुलेकमा सडक बनाउँदै छ भन्ने कुरा यसअघि आफूलाई थाहा नभएको जनाएका थिए ।

तर, परराष्टमन्त्री प्रदीप ज्ञवालीले भने सार्वभौम संसदमा भारतले सडक बनाउँदै छ भन्ने कुरा आफूहरुाई थाहा भएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL