Logo

विश्वकै लोकप्रिय ‘कोरोना बियर’ को उत्पादन बन्द, नाम मिल्ने कोरोना भाईरसका कारण बढेको थियो चर्चा

विश्वकै लोकप्रिय ‘कोरोना बियर’ को उत्पादन बन्द, नाम मिल्ने कोरोना भाईरसका कारण बढेको थियो चर्चा



काठमाडौं । कोरोनाभाईरस महामारीका कारण मेक्सिकोबाट उत्पादन हुने विशवकै लोकप्रिय मध्येका कोरोना बियरको उत्पादन अस्थायी रुपमा स्थगित भएको छ । मेक्सिको सरकारले अत्यावश्यक सेवाबाहेकका सबै उद्योगधन्दाहरु बन्द गर्न आह्वान गरेपछि कोरोना बियर उत्पादन बन्द गरेको बियर उत्पादक ग्रुप मोडल नामक कम्पनीले आफ्नो ट्विटरमा उल्लेख गरेको छ ।

laxmi

यसै हप्ता मात्रै मेक्सिकन सरकारले अत्यावश्यक बाहेकका सबै सेवाहरु आगामी अप्रिल ३० सम्मका लागि प्रतिबन्ध लगाएको छ । मेक्सिकोमा हाल १ हजार ५ सय जना कोरोनाका संक्रमित पत्ता लगाईएको छ भने, यसका कारण मृत्यु हुनेको संख्या ५० पुगेको छ ।

अमेरिकामा उक्त कम्पनीको कोरोना बियर कन्स्टेलेसन ब्राण्डले वितरण गर्छ । उक्त कम्पनीले बियर उत्पादन बन्द गरेपछि अमेरिकामा कोरोना बियरको अभाव हुने प्रक्षेपण गरिएको छ ।

कम्पनीका अनुसार यो बर्षका पहिलो ३ महिनामा कोरोना बियरको व्यापार ८ दशमलव ९ प्रतिशतले बढेको थियो । मार्च महिनाको ३ हप्तामा भने गत बर्षको सोही अवधिको तुलनामा २४ प्रतिशतले बियरको विक्री बढेको थियो । कोरोनाभाईरसका कारण अमेरिकीहरुले बियरलगायतका पेयपदार्थहरु बढि लिन थालेका छन । यो बियरको चर्चा पछिल्लो समय आफ्नै नाम मिल्ने कोरोना भाइरसका कारण थप चर्चामा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL