Logo

१३ वटा शोरुम संचालनमा ल्याउँदै आईएमई अटोमोटिभ्स

१३ वटा शोरुम संचालनमा ल्याउँदै आईएमई अटोमोटिभ्स


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संवाददाता

१८ साउन, काठमाडौं । आईएमई अटोमोटिभ्स दशै अगाडी १३ वटा शोरुम संचालनमा ल्याउने भएको छ । आईएमई ग्रुप अन्तरगतको आईएमई अटोमोटिभ्स हालै मात्र नेपाली बजारमा ल्याएको ‘युएम ग्लोवल’ ब्राण्डका मोटरसाइकका लागि शोरुम संचालनमा ल्याउन लागेको हो ।

काठमाडौंको जमलमा नयाँ शोरुमका उद्घाटन गर्दै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो कुरा बताएका हुन् । ‘हामीले नेपाली बजारमा अमेरिकामा निर्मित युएम ब्राण्डका मोटरसाइकल भित्र्याएका छौं,’ उनले भने, ‘उक्त मोटरसाइकलाई ग्राहकसमक्ष सहज रुपमा पुर्याउनका लागि देश भर शोरुम खोल्दै छौं ।’

कम्पनीले केही समय भित्रनै ‘थ्री एस’ सुविधा सहितको शोरुम खोल्ने तयारी गरेको समेत उनले जानकारी दिए । ‘हाल कम्पनीले मोटरसाइकल विक्रीका लागि मात्र शोरुम खोलेका छौं,’ उनले भने, ‘अव सेल्स, स्पेयरपार्टस र सर्भिस सहितको शोरुम खोल्ने छौं ।’ साथै, स्टाइल र डिजाइनमा विश्वमै उत्कृष्ट भएको सो व्राण्डका मोटरसाइकले नेपालमा पनि चाडै नै बजार लिने ढकालको दावी छ ।

आईएमई अटोमोटिभ्सका प्रमुख कार्यकारी अधिकृत कपिल सिवाकोटी अनुसार सवै शोरुम संचालका लागि पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुगेको छ । आगामी दिनमा काठमाडौंमा थप ४ र उपत्यका बाहिर ७ वटा शोरुम संचालनमा ल्याउन लागिएको उनले जानकारी दिए । हाल कम्पनीले काठमाडौंमा २ वटा शोरुम संचालनमा ल्याएको छ । कम्पनीले काठमाडौं वाहिर नारायणगढ, पोखरालगायतका स्थानमा शोरुम संचालनमा ल्याउने समेत उनले बताए ।

कम्नपीले युएक ब्राण्डका १ सय २५ सीसीदेखि २ सय ३० सीसीसम्मका मोटरसाइकल नेपाली बजारमा उपलब्ध गराएको छ । सामान्य अफिसियल देखि स्पोर्टीसम्मका मोटरसाइकल उपलब्ध गराइने कम्पनीको दावी छ । ती मोटरसाइकलको बजार मुल्य न्युनतम १ लाख ७२ हजार रुपैयाँदेखि अधिकतम ३ लाख ८५ हजार रुपैयाँसम्म रहनेछ ।

कम्पनीले रेनेगेड सिरिज, एक्ट्रीट सिरिज, इकोनमिक बाइक, पावरम्याक्स, डर्टस् सिरिज तथा मोटार्ड सिरिजका मोटरसाइकल उपलब्ध गराएको छ । यस्तै, क्याफे क्रुजर, क्रुजरहरु, स्कुटरहरु कम्प्युटर सिरिजहरु पनि उपलब्ध छ । कम्नपीले डीएसआर मोटरसाइकलबाट आफ्नो व्यवसायिक शुरुवात गरेको छ । साथै आगामी दिनमा हुने नाडा अटोशोमा निट्रोक्स र पावरम्याक्स मोडल लञ्च गरिने समेत सिवाकोटीले जानकारी दिए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भगवानी राणाले भने नेपालमा नयाँ नयाँ ब्राण्डका मोटरसाइकल भित्र्याउनुभन्दा पनि मोटरसाइकल बनाउने कम्नपीले खोल्नुपर्ने बताईन । नेपालमा पछिल्लो समय मोटरसामइल चढ्ने उपभोक्त बढ्दै गएकाले मोटरसाइल एसम्वल कम्पनी स्थापनाको उच्च सम्भावना रहेको उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL