Logo

१० हजारभन्दा बढी पर्यटक नेपालमा, नेपाल सुरक्षित देखेपछि फर्केनन आफ्नो देश

१० हजारभन्दा बढी पर्यटक नेपालमा, नेपाल सुरक्षित देखेपछि फर्केनन आफ्नो देश



काठमाडौं । कोभिड १९ (कोरोना भाईरस) का कारण १० हजार भन्दा बढी विदेशी पर्यटकहरु नेपालमा अलपत्र परेका छन । नेपाल पर्यटन बोर्डलगायतका संघसंस्थाहरुले उनीहरुको पहिचान गर्दै तत्काल उद्दारमा लागे पनि कति पय पर्यटकहरु भने सम्पर्कमा नआएको बोर्डले जानकारी दिएको छ ।

बोर्डका म्यानेजर श्रद्धा श्रेष्ठका अनुसार पोखरामा रहेका पर्यटकहरु भने ४ सय जना भन्दा बढी सम्पर्कमा आईसकेका छन । कोरोनाका कारण कति पय पर्यटकहरु नेपालमै बस्न चाहाने भएकाले पनि सम्पर्कमा नआएको श्रेष्ठले बताईन । उनका अनुसार लुक्लामा रहेको पर्यटक भने आज र भोलिमा ल्याउने तयारी गरिरहेको छ । अहिले लुक्लामा १ सय ५० भन्दा बढी पर्यटक रहेका छन ।

लुक्लाबाट अष्ट्रेलियन नागरिक १४ जना काठमाडौं ल्याईसकेका छन भने जोमसोमबाट ६० जना बसमा आउँदै गरेको श्रेष्ठले बताईन । बोर्डका अनुसार ३ दिनमा करिब १ सय ५८ जना पर्यटकलाई उद्दार गरि काठमाडौं ल्याईसकेका छन भने उनीहरुसँगै नेपाली गाईडहरुलाई समेत उद्दार गरेको छ ।

तर नेपाली गाईड पोटरहरुलाई सरकारले वेवास्ता गरेको भन्दै नेपाली मजदुरहरुले भने आपति जनाएका छन । विदेशी पर्यटकलाई मात्रै उद्दार गर्ने हामीलाई भने वास्ता नगर्ने भन्दै रमेश तामाङले आक्रोश ब्यक्त गरेका छन । तामाङलगायतका केही नेपालीहरु एक हप्तादेखि लुक्लामा बस्दै आएका छन ।

तर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले भने हाम्रो पहिलो प्राथमिकता विदेशी भएकाले विदेशीलाई नै पहिले उद्दार गरेको बताए । ‘सम्भव भएसम्म नेपालीहरुलाई पनि उद्दार गरिरहेका छौं उनले भने’, उनले भने, त्यसरी फसेका नेपालीहरुलाई जुन अवस्थामा छ त्यही अवस्थामा बस्न आग्रह गर्दै स्थानीय तहलाई खाना र बस्नको ब्यवस्था गर्न लगाएका छौं ।’

बोर्डका म्यानेजर श्रेष्ठले भने इटालिएन नागरिकहरु भने सम्पर्कमा आउन नचाहेको बताएकी छिन । ईटालिमा भन्दा नेपालमै सुरक्षित देखे पछि उनीहरु नेपालमै बस्न चाहेको कारण सम्पर्कमा आउन नमानेको उनले बताए । त्यस्तै सम्पर्कमा आउन नचाहानेमा ताइवानिज र पोल्याण्डका ग्रुप समेत रहेको छ ।

सम्बन्धित देशका राजदुतवासमार्फत उद्दार गर्नु भन्नेलाई मात्रै उद्दार गरिरहेको समेत श्रेष्ठले जानकारी दिएकी छिन । अन्यलाई भने रेवानलगायतसँगको सहकार्यमा खाना खुवाउने बस्ने बन्दोबस्त मिलाउने कार्य गरिरहेको उनले जानकारी दिएकी छिन ।

प्रतिक्रिया दिनुहोस्
MBL