Logo

यस्ता छन् विश्वका २५ गरिब मुलुक : पीडादायी वर्तमान, अन्धकार भविष्य

यस्ता छन् विश्वका २५ गरिब मुलुक : पीडादायी वर्तमान, अन्धकार भविष्य



काठमाडौं । पछिल्ला केही बर्षयता विश्वको कुल ग्राहस्थ उत्पादनमा वृद्धि भइरहँदा विश्व अर्थतन्त्रले ठूलै फड्को मारेको छ । तर केही देशहरु अझैपनि गरिबिको रेखामुनी रहेका छन । विश्वको अर्थतन्त्र विगत ३ बर्षयता ३ प्रतिशतले बढेर ८० दशमलव ६८ ट्रिलियन डलर पुगेको छ । तर सबै देशहरुले उक्त वृद्धिमा समान हिस्सा भने निर्वाह गर्न सकेका छैनन् ।

laxmi

उत्तर अमेरिकामा विश्वको जनसंख्याको ५ प्रतिशत जनसंख्या अवस्थित छ तर, यसले विश्वको कुल ग्राहस्थ उत्पादनको एक चौथाई हिस्सा ओगटेको छ । यस्तै विश्व जनसंख्याको २५ प्रतिशत जनसंख्या दक्षिण एशियामा बसोबास गर्छ तर यसले विश्वको जीडीपीमा ४ प्रतिशतमात्रै योगदान छ ।

जीडीपी कुनै पनि देशको अर्थतन्त्र पत्ता लगाउने प्रमुख सूचक बन्न सक्छ । तर यसले उक्त देशमा भएको सबै सम्पत्तिको भने लेखाजोखा राख्दैन । यस्तै कुनै देशको आर्थिक अवस्था थाहा पाउन उक्त देशको कुल राट्रिय आयले पनि उत्तिकै मद्दत गर्दछ ।

विश्व बैंकले विभिन्न तथ्याङ्कलाई आधार मानेर (१ सय ८० देशमध्ये कुल राष्ट्रिय आयलाई आधार मानेर) २५ ओटा गरिब देशहरुको सूची बनाएको छ । यस्तै उक्त १ सय ८० ओटा देशको जन्मका आधारमा मृत्युको सम्भावना र आईएमएफबाट प्राप्त जीडीपीलाई समेत आधार मानिएको छ ।

गरिव मानिएको २५ ओटा देशका आधारभुत विशेषता भने उस्तै–उस्तै छन । यो सूचीमा परेका प्राय देशहरु भने भूपरिवेष्ठित छन । जहाँ कृषिमा आधारित उत्पादन मरुभूमिकरणका कारण निकै कम हुन्छ । जहाँको वर्तमान पीडादायी छ भने भविष्य अन्धकार छ ।

यी हुने विश्वकै गरिब २५ राष्ट्रहरु

लाइबेरिया

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : ७ सय १० डलर

जीडीपी : ३ अर्ब ९१ करोड डलर

जनसंख्या : ४७ लाख

औषत मृत्यु उमेर : ६५.५ बर्ष

सेन्ट्रल अफ्रिकन रिपब्लिक

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : ७ सय ३० डलर

जीडीपी : ३ अर्ब ३८ करोड डलर

जनसंख्या : ४९ लाख

औषत मृत्यु उमेर : ५२.२ बर्ष

बुरुन्डी

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : ७ सय ७० डलर

जीडीपी : ८ अर्ब ३८ करोड डलर

जनसंख्या ; १ करोड ८७ लाख

औषत मृत्यु उमेर : ५७.५ बर्ष

कङ्गो

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन ः:८ सय ७० डलर

जीडीपी : ७ अर्ब २१ करोड डलर

जनसंख्या : ८ करोड ६६ लाख

औषत मृत्यु उमेर : ५९.६ बर्ष

नाईजर

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : ९ सय ९० डलर

जीडीपी : २१ अर्ब ८३ करोड डलर

जनसंख्या : १ करोड ८७ लाख

औषत मृत्यु उमेर : ६०.१ बर्ष

मलावी

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार १ सय ८० डलर

जीडीपी : २२ अर्ब ३९ करोड डलर

जनसंख्या : १ करोड ९७ लाख

औषत मृत्यु उमेर : ६३.२ बर्ष

मोजाम्बिक

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार २ सय डलर

जीडीपी : ३७ अर्ब १ करोड डलर

जनसंख्या : २ करोड ९५ लाख

औषत मृत्यु उमेर : ५८.३ बर्ष

सिरियालियोन

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ४ सय ८० डलर

जीडीपी : ११ अर्ब ५३ करोड डलर

जनसंख्या : ७४ लाख

औषत मृत्यु उमेर : ५१.८ बर्ष

माडागास्कर

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ५ सय १० डलर

जीडीपी : ३९ अर्ब ७६ करोड डलर

जनसंख्या : २ करोड ५६ लाख

औषत मृत्यु उमेर : ६५.९ बर्ष

कोमोरोस

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ५ सय ७० डलर

जीडीपी : १ अर्ब २६ करोड डलर

जनसंख्या : ८ लाख ३० हजार

औषत मृत्यु उमेर : ६३.७ बर्ष

टोगो

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ६ सय २० डलर

जीडीपी : १२ अर्ब २४ करोड डलर

जनसंख्या : ७८ लाख

औषत मृत्यु उमेर : ६०.२ बर्ष

द गाम्बिया

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ६ सय ७० डलर

जीडीपी : ३ अर्ब ६० करोड डलर

जनसंख्या : २१ लाख

औषत मृत्यु उमेर : ६१.२ बर्ष

गिनि बिसाउ

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ७ सय डलर

जीडीपी : ३ अर्ब डलर

जनसंख्या : १७ लाख

औषत मृत्यु उमेर : ५७.४ बर्ष

बुर्किना फासो

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ८ सय १० डलर

जीडीपी : ३५ अर्ब ८९ करोड डलर

जनसंख्या : १ करोड ९१ लाख

औषत मृत्यु उमेर : ६०.४ बर्ष

युगाण्डा

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ८ सय २० डलर

जीडीपी: ७९ अर्ब ८९ करोड डलर

जनसंख्या : ३ करोड ७६ लाख

औषत मृत्यु उमेर : ५९.९ बर्ष

हैटी

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ८ सय ३० डलर

जीडीपी : १९ अर्ब ९३ करोड डलर

जनसंख्या : १ करोड

औषत मृत्यु उमेर ६३.३ बर्ष

जिम्बावे

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ८ सय ५० डलर

जीडीपी : ३४ अर्ब ४८ करोड डलर

जनसंख्या : १ करोड ४८ लाख

औषत मृत्यु उमेर ः ६१.२ बर्ष

इथियोपीया
प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन ः १ हजार ८ सय ९० डलर

जीडीपी : १ खर्ब ९९ अर्ब ३४ करोड डलर

जनसंख्या : ९ करोड २६ लाख

औषत मृत्यु उमेर : ६५.५ बर्ष

चाड

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ९ सय २० डलर

जीडीपी : २८ अर्ब ९२ करोड डलर

जनसंख्या : १ करोड २१ लाख

औषत मृत्यु उमेर : ५२.९ बर्ष

रुवाण्डा

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : १ हजार ९ सय ९० डलर

जीडीपी : २४ अर्ब ८५ करोड डलर

जनसंख्या : १ करोड १८ लाख

औषत मृत्यु उमेर : ६७.१ बर्ष

अफगानिस्तान

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : २ हजार डलर

जीडीपी : ७० अर्ब ३७ करोड डलर

जनसंख्या : ३ करोड ५३ लाख

औषत मृत्यु उमेर : ६३.७ बर्ष

माली

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : २ हजार १ सय ६० डलर

जीडीपी : ४१ अर्ब डलर

जनसंख्या : १ करोड ८८ लाख

औषत मृत्यु उमेर : ५८ बर्ष

गिनि

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : २ हजार १ सय ८० डलर

जीडीपी : २७ अर्ब ९१ करोड डलर

जनसंख्या : १ करोड २९ लाख

औषत मृत्यु उमेर : ६० बर्ष

बेनिन

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : २ हजार २ सय ६० डलर

जीडीपी : २५ अर्ब ३३ करोड डलर

जनसंख्या : १ करोड ११ लाख

औषत मृत्यु उमेर : ६०.९ बर्ष

सोलोमोन आईसल्याण्ड

प्रतिव्यक्ति कुल राष्ट्रिय उत्पादन : २ हजार २ सय ७० डलर

जीडीपी : १ अर्ब ४८ करोड डलर

जनसंख्या : ६ लाख १० हजार

औषत मृत्यु उमेर : ७०.७ बर्ष

प्रतिक्रिया दिनुहोस्
MBL