Logo

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ३१ प्रतिशत गिरावट, नेपालमा १५ दिनपछि मात्र मूल्य समायोजन

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ३१ प्रतिशत गिरावट, नेपालमा १५ दिनपछि मात्र मूल्य समायोजन



काठमाडौं । अन्तररष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा एक्कासी ठूलो गिरावट आएको छ । आईतबार रातभरमा कच्चा तेलको मूल्यमा ३१ प्रतिशतले गिरावट आएको हो ।

पछिल्लो समय चीन हुँदै विश्वभर फैलिरहेको कोरोना भाईरसका कारण तेलको मागमा संकुचन आउँदा एकाएक कच्चा तेलको मूल्य घटेको अन्तररष्ट्रिय संचारमाध्यम विजनेस ईन्साईडरले उल्लेख गरेको छ ।

साउदी अरेबियाले आईतबार राति तेलको मूल्यमा २० बर्ष यताकै धेरै कटौती गरेको हो । पछिल्लो हप्ता तेल निर्यातकर्ता देशहरुको संगठन (ओपेक) कै दवाबमा साउदी अरेबियाले तेलको मूल्यमा कटौती गरेको हो ।

यसका कारण अब तेलको मूल्य २० डलर प्रति व्यारेलसम्म घट्ने प्रक्षेपण गरिएको छ । अन्तरराष्ट्रिय बजारमा तेलको मूल्यमा भारी गिरावट आउँदा नेपाली बजारमा भने यसको असर १५ दिन या १ महिनापछि मात्रै पर्छ ।

नेपाल आयल निगमले संचालन गरेको अटोमेशन सिस्टम अनुसार नेपाली बजारमा यसको प्रत्यक्ष असर भने १५ दिनपछि मात्रै पर्ने निगमका उप प्रबन्ध निर्देशक शुसील भट्टराईले जानकारी दिए । उनका अनुसार पेट्रोलियम पदार्थमा नेपाल सरकारले लिँदै आएको सडक मर्मत दस्तुर, भ्याटलगायत नघटेपनि मूल्यमा केही तलमाथि हुन्छ ।

नेपालमा धेरै स्थान पुगेर मात्रै तेल आयात हुने हुनाले अन्तरराष्ट्रिय बजारमा तेलको मूल्य घटेकै दिन नेपालमा यो लागु नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
MBL