Logo

राष्ट्रिय गौरवका आयोजनालाई बजेटमा विननियोजन गरिएभन्दा बढी रकम दिइने

राष्ट्रिय गौरवका आयोजनालाई बजेटमा विननियोजन गरिएभन्दा बढी रकम दिइने


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३० असार, काठमाडौं । सरकारले राष्ट्रिय गौरवका आयोजनलाई बजेटमा विनियोजन गरेभन्दा बढी रकम उपलब्ध गराउने भएको छ । बजेटमा जति रकम विनियोजन गरिएपनि काम गरेको आधारमा जतिपनि रकम उपलब्ध गराइने अर्थ मन्त्री डा. रामशरण महतले बताए । ‘बजेटमा जति रकम उपलब्ध भएपनि राष्ट्रिय गौरवका आयोजनालाई जति रकम आवश्यक परेपनि जुटाइने छ,’ अर्थ मन्त्रालय र आर्थिक पत्रकार समाज (सेजन)ले संयुक्त रुपमा आयोजना गरेको बजेट पछिको छलफल कार्यक्रममा उनले भने, ‘तपाइहरु काम गर्नुहोस आवश्यक रकम सरकारले जसरी भएपनि जुटाउने छ ।’

बजेटमा कति रकम विनियोजन भयो भन्नुभन्दा पनि काम कसरी भइरहेको छ भन्ने तर्फ ध्यान दिनुपर्ने उनको भनाइ थियो । हाल पुँजीगत खर्च गर्न नसकेको बताउँदै आगामी दिनमा  त्यसतर्फ ध्यानदिनु पर्ने जानकारी दिए । बजेटले सवै क्षेत्रलाई प्राथमिकता दिएपनि सोही अनुरुप काम नभएको भन्दै उनले गुनासो पोखे । ‘चालू आर्थिक वर्षको बजेटमा जलविद्युतका लागि ३३ अर्व रुपैयाँभन्दा बढी रकम विनियोजन गरिएको थियो,’ उनले भने, ‘तर, १२÷१३ अर्व रुपैयाँ  पनि खर्च हुन सकेको छैन ।’ तसर्थ, बजेटमा कति रकम विनियोजन गरियो भन्नुभन्दा पनि कसरी काम भइरहेको छ भन्ने महत्वपूर्ण विषय भएको उनको भनाइ थियो ।

यस पटकको बजेट पुर्ननिर्माणका केन्द्रित गरिएको बताउँदै जसका लागि ९१ अर्व रुपैयाँ विनियोजन गरिएको जानकारी दिए । ‘चालू आवमा पूजीगत खर्च तर्फ जम्मा ९० अर्व रुपैयाँ विनियोजन गरिएको थियो तर सो रकम पनि खर्च हुन सकेको छैन,’ उनले भने, ‘यदि आगामी आवमा पुर्ननिर्माणका लागि विनियोजन गरिएको पुरै रकम खर्च गर्न सकिए ६ प्रतिशतभन्दा बढीको आर्थिक बृद्धि हासिल गर्न सकिने छ ।’

हाल बजेट निर्माणभन्दा पनि कार्यान्वयन पक्ष कमजोर भएको उनको दावी थियो । अर्थमन्त्रालयले बजेट मात्र निर्माण गर्ने हो तर त्यसलाई कार्यान्वयनमा लैजाने अन्य निकायहरु छन् । बजेटलाई सफल रुपमा कार्यान्वयनमा लैजानका लागि अन्य निकायको ठूलो सहयोग चाहिने उनको भनाइ थियो ।  चालू आवको बजेटमा पनि राष्ट्रिय गौरवका आयोजनालाई आवश्यक रकम विनियोजन गरिएको बताउँदै सम्बन्धित मन्त्रालयले सोही अनुसार खर्च गर्न नसकेको उनको भनाइ थियो ।

अर्थमन्त्री महतका अनुसार हाल प्रस्तुत गरिएको बजेट अहिलेको अर्थतन्त्रलाई संबोधन गर्ने गरी ल्याइएको छ । अहिले मुख्य चुनौती देशको इकोनमी रिभाइवल र रिकन्स्ट्रक्सन हो,’ उनले भने, ‘तसर्थ देशको अर्थतन्त्रलाई भुकम्प अघिकै अवस्थामा ल्याएर अघि बढ्नु जरुरी छ ।’ साथै, अहिलेको न्युन आर्थिक बृद्धिलाई बढाउनु अर्को चुनौती भएको समेत उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL