Logo

विश्वकै धनी जेफ बेजोसले जलवायु परिवर्तनको क्षेत्रमा १० अर्ब डलर खर्चिने, ‘बेजोस अर्थ फण्ड’ सार्वजनिक

विश्वकै धनी जेफ बेजोसले जलवायु परिवर्तनको क्षेत्रमा १० अर्ब डलर खर्चिने, ‘बेजोस अर्थ फण्ड’ सार्वजनिक



काठमाडौं । विश्वकै धनी व्यक्तिका रुपमा रहेका जेफ बेजोसले जलवायु परिवर्तनको क्षेत्रमा लागि ठूलो रकम खर्चिने भएका छन । उनले आफ्नो ईन्स्टाग्राम अकाउन्टबाट घोषणा गर्दै यही बर्षायाममा रकम वितरण गर्नेगरि १० अर्ब डलर खर्च गर्ने घोषणा गरेका हुन् ।

laxmi

विभिन्न वैज्ञानिकहरुमार्फत अमेजनका मालिकले आफ्नो कुल सम्पत्ति १ खर्ब ३० अर्ब डलरको ८ प्रतिशत जलवायु परिवर्तनमा खर्चिने अनुमान गरिएको छ । उनका अनुसार उनलाई अमेजनका केही कर्मचारीहरुले पनि यसमा पैसा खर्च गर्न सुझाव दिईरहेका छन भने कतिपयले यसको आलोचनासमेत गरेका छन ।

उनले यसअघि सन २०१८ को सेप्टेम्बरमा घरविहिन परिवारहरुका लागि भन्दै २ अर्ब डलर बराबरको कोष खडा गरिसकेका छन् । उनले आफ्नो ईन्स्टाग्राम अकाउन्टमा भनेका छन, ‘म आज आफ्नो बेजोस अर्थ फण्ड सार्वजनिक गर्न पाएकोमा उत्साहित छु ।’

‘पृथ्वीका लागि जलवायु परिवर्तन सबैभन्दा ठूलो चुनौती हो ।’ म विभिन्न माध्ययमबाट पृथ्वीमा भएको सबैभन्दा ठुला समस्या जलवायु परिवर्तन निर्मुल पार्ने नयाँ तरिकाको खोज गर्न चाहान्छु । हामी पृथ्वी बचाउन सक्छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL