Logo

नेपालको विद्युत वितरण तथा विस्तारका लागि युरोपेली लगानी बैंकले साढे १२ अर्ब ऋण दिने

नेपालको विद्युत वितरण तथा विस्तारका लागि युरोपेली लगानी बैंकले साढे १२ अर्ब ऋण दिने



काठमाडौं । विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजनाका लागि युरोपेली लगानी बैंकबाट साढे १२ अर्ब ऋण लिने सम्झौता भएको छ ।

आयोजना कार्यान्वयनका लागि युरोपेली लगानी बैंक ( बाट करीव रु.१२ अर्व ४१ करोड (१०० मिलियन युरो) बराबरको ऋण सहायता प्राप्त गर्ने सम्बन्धी वित्तीय सम्झौतामा २९ माघमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जानकारी दिएको छ ।

सम्झौतामा उल्लेखित प्रतिवद्धताको प्रभावकारिताका लागि नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय, अन्तर्रा्ष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाका सह–सचिव श्रीकृष्ण नेपालले र यूरोपेली लगानी बैंकका तर्फबाट उक्त बैंकका डाइरेक्टर मारिया स बारागन र लिगल काउन्सेल बोर्जा ओक्जाङ्गोइटीले हस्ताक्षर गरी इमेलमार्फत आदान–प्रदान गरिएको छ । हस्ताक्षरित सम्झौताको सक्कल प्रति दुवै पक्षलाई उपयुक्त हुने समयमा आदान प्रदान गरिने बताइएको छ ।

नेपालको ५ न प्रदेश, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यहाँका जनताको विद्युतमा पहुँच बढाउने, विद्युत आपूर्तिको गुणस्तर एवम् दक्षता बढाउने र ऊर्जा व्यापारलाई सहजीकरण गर्ने उद्देश्य रहेको विद्युत वितरण प्रणाली स्तरोन्नति तथा विस्तार आयोजना सन् २०२३ को डिसेम्वरसम्ममा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

नेपाल विद्युत प्राधिकरणले कार्यान्वयन गर्ने प्रस्तुत आयोजना अन्तर्गत ३३र११ किलो भोल्टका सवस्टेसनहरु तथा ३३ किलो भोल्टका आपूर्ति लाईनहरु निर्माण गर्ने, ११ किलो भोल्टका आपूर्ति लाईनहरु, वितरण ट्रान्सफर्मरहरु र न्यून भोल्टेजका आपूर्ति लाईनहरु निर्माण गर्ने र आयोजनाको कार्यान्वयनमा सहयोग गर्ने क्षमता विकासका क्रियाकलापहरु सञ्चालन हुनेछन् ।

प्रस्तुत आयोजनामा नपुग हुने रकममध्ये ११२.३ मिलियन अमेरिकी डलर बराबरको ऋण सहयाता एशियाली पूर्वाधार लगानी बैंकबाट पनि सहलगानीको रुपमा सम्मिश्रण गर्नका लागि वार्ता सम्पन्न भैसकेको अर्थ मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL