Logo

नेपालको अमेरिकामाथि शानदार जित, बन्यो यस्तो विश्व कीर्तिमान

नेपालको अमेरिकामाथि शानदार जित, बन्यो यस्तो विश्व कीर्तिमान



काठमाडौ । आइसीसी विश्वकप डिभिजन लिग–२ अन्तर्गत नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको छ । अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपालले ५।२ ओभरमा २ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि पारस खड़काले २० रन बनाए भने दीपेन्द्र सिंह एरीले १५ रन बनाए । त्यस्तै कप्तान ज्ञानेन्द्र मल्ल १ र सुबास खकुरेल शून्यमा आउट भएका थिए ।

यसअघी नेपाले पहिला बलिंग गरेर अमेरिकालाई १२ ओभरमा ३५ रनमा अलआउट गरेको थियो । सन्दीप लमिछानेले ६ विकेट लिएपछि अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भएको थियो । नेपालका लागी सन्दीप लमिछानेले ६ विकेट लिएका थिए ।

सन्दीपले ६ ओभरमा एक मेड़नसहित १६ रन दिएर ६ विकेट लिएका थिए । त्यस्तै सुशान भारीले पनि ४ विकेट लिएका थिए । सुशानले ३ ओभरमा एकमेड़नसहित ४ विकेट लिएका थिए ।

अमेरिकालाई ३५ रनमा अलआउट गर्दै विश्व कीर्तिमान बराबर गरेको नेपालले विजय लक्ष्य १० ओभरमा दुई विकेट गुमाएर हात पार्‍यो। विजयका लागि पूर्वकप्तान पारस खड्का २० रनमा र उपकप्तान दीपेन्द्रसिंह ऐरीले १५ रनमा नटआउट रहे। कप्तान ज्ञानेन्द्र मल्ल एकमा र सुवास खकुरेल शून्यमा आउट भएका थिए।

नेपालको कीर्तिमान


स्पिनर सन्दीप लामिछानेले छ र सुसन भारीले चार विकेट लिएपछि कीर्तिपुर मैदानमा आयोजित विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा अमेरिका न्यूनतम रनमा समेटिएको थियो। श्रीलङ्काले सन् २००४ मा जिम्बाब्वेलाई ३५ रनमा सीमित पारेर बनाएको कीर्तिमानको नेपालले बराबरी गरेको हो।

तर जिम्बाब्वेले १८ ओभर खेलेको थियो भने अमेरिकाले १२ ओभर मात्रै खेल्यो। यो सबैभन्दा कम बलमा विपक्षी टोलीलाई आउट गरेको नयाँ कीर्तिमान हो। यसअघि यो कीर्तिमान अफगानिस्तानले सन् २०१७ मा जिम्बाब्वेलाई १३।५ ओभरमा ५४ रनमा अलआउट गरेर बनाएको थियो।

लामिछानेले छ ओभर बलिङ गर्दै १६ रन दिएर छ विकेट लिए। यो नेपाली खेलाडीको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा राम्रो बलिङ हो। भारीले तीन ओभरमा पाँच रन दिँदै चार विकेट लिए जुन नेपाली खेलाडीको तेस्रो राम्रो बलिङ हो। अमेरिकाका लागि ओपनर जाभियर मार्शलले १६ रन बनाए भने अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

यसअघि भएको अर्को खेलमा पनि नेपालले अमेरिकालाई हराएको थियो। तर ओमानसँग भएका दुवै खेलमा पराजित भएको थियो। योसंगै डिभिजन–२ को यो त्रिकोणीय सिरिज सकिएको छ । जसमा ओमानले चारै खेल जित्यो भने नेपालले २ खेल जित्यो ।

प्रतिक्रिया दिनुहोस्
MBL