Logo

निगम मार्च पहिलो हप्तादेखि नारिता र गोवाञ्जाउ उड्ने, अन्तरराष्ट्रिय उडान गन्तब्य १० पुग्ने

निगम मार्च पहिलो हप्तादेखि नारिता र गोवाञ्जाउ उड्ने, अन्तरराष्ट्रिय उडान गन्तब्य १० पुग्ने



काठमाडौं । नेपाल वायुसेवा निगमले मार्चदेखि जापानको नारिता र चीनको गोवाञ्जाउ उडान गर्ने तयारी गरेको छ । निगमको कार्यकारी समितिको बैठकले मार्च पहिलो साता देखि जापानको नारिता र दोस्रो हप्ताबाट चीनको गोवाञ्जाउ उडान गर्ने गरि निर्णय भएको निगमले जानकारी दिएको छ ।

laxmi

उक्त २ स्थानमा उडान थप गरेसँगै निगमको जहाजको अन्तरराष्ट्रिय उडान गन्तब्य १० पुग्नेछ । हाल निगमले भारतको दिल्ली, बैंगलौर, मुम्वई, बैंकक, मलेसिया, दुवई, दोहा र हङकङमा अन्तरराष्ट्रिय उडान गरिरहेको छ । भ्रमणबर्ष प्ररम्भ भएसँगै ति गन्तब्यहरुमा उडान गर्ने गरि निर्णय गरेको हो ।

थप २ गन्तब्यमा उडान थपसँगै पर्यटकहरुको संख्यामा बृद्धि हुनुका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्नेे निगमको विस्वास रहेको छ । उक्त गन्तब्यमा उडान थपसँगै निगमको जहाज वाईडबडी ए ३२० न्यारोवडी र ए ३३० वाइडवडीको उडान घण्टामा वृद्धि भै पूर्ण उपयोगमा आउने निगमले जानकारी दिएको छ ।

निगमसँग हाल ए ३२० न्यारोवडी २ ओटा र ए ३३० वाइडवडी २ जहाजले अन्तरराष्ट्रिय उडान गरिरहेको छ । उक्त विमानहरुको उडान घण्टाको आधारमा अन्य गन्तव्य विस्तारको क्रममा समेत रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL