Logo

नेपाल एयरलाइन्सलाई भ्रमण वर्ष लक्षित कार्ययोजना पेश गर्न मन्त्रीको निर्देशन, काम नगर्नेलाई ठाउँ खाली गर्न चेतावनी

नेपाल एयरलाइन्सलाई भ्रमण वर्ष लक्षित कार्ययोजना पेश गर्न मन्त्रीको निर्देशन, काम नगर्नेलाई ठाउँ खाली गर्न चेतावनी




काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले नेपाल एयरलाइन्सलाई नेपाल भ्रमण वर्ष–२०२० लक्षित कार्ययोजना बनाएर तुरुन्त पेश गर्न निर्देशन दिएका छन् । बुधबार मन्त्रालयको चौमासिक समीक्षा बैठकमा बोल्दै मन्त्री भट्टराईले मन्त्रालय अन्तर्गतका विभिन्न निकायलाई जिम्मेवारीपूर्वक काम गर्न कडा निर्देशन दिएका छन् ।


मन्त्री भट्टराईले निगमलाई भ्रमण वर्षको लागि के–कस्तो छुट तथा प्याकेज ल्यान सकिन्छ भन्ने स्पष्ट योजना ल्याउन निर्देशन दिए । ‘नेपाल एयरलाइन्का यात्रु अरु कसैले नलैजाओस । जसका लागि कति जहाज, पाइलट, गन्तब्य थप्नुपर्ने हो । त्यसका लागि स्पष्ट खाका बनाएर मन्त्रालयमा पेश गर्नुहोला’, मन्त्री भट्टराईले भने ।


मन्त्रालय अन्तर्गतका कतिपय कार्यालयहरुको कार्यक्षमता निकै कमजोर रहेको बताउँदै भट््टराईले तुरुन्त कार्यक्षमता सुधार्न पनि निर्देशन दिए । ‘जसले जिम्मेवारी पूरा गर्न सकदैन । त्यसले ठाउँ खाली गर्नुपर्छ । यस्तो राजनितीक नियुक्ति लिएर आएको छ, उसलाई मन्त्रालयले हटाउँछ । त्यतिबेला अदालत गएर पदबहाली गर्नुको कुनै औचित्य छैन्’, उनले भने ।


यसैगरी कर्मचारीहरुमा पनि लक्ष्य अनुसार काम पूरा गर्ने जिम्मेवारी रहेको र सो कुरालाई पालना गर्न उनले सजग गराए । ‘लक्ष्य अनुसार काम नगर्नेलाई बिदेश भ्रमणको फाइल मबाट स्वीकृत हुँदैन । बिचार गर्नुहोला’, मन्त्री भट्टराईले भने । मन्त्री भट्टराईले मातहतका सबै कार्यालयलाई आफ्नो कामको प्रत्येक शुक्रबार समीक्षा गर्न पनि निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL