Logo

त्रिभुवन विमानस्थलले उठायो ७४ करोड बक्यौता, १ अर्ब ९४ करोड उठाउन बाँकी

त्रिभुवन विमानस्थलले उठायो ७४ करोड बक्यौता, १ अर्ब ९४ करोड उठाउन बाँकी



काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलले पछिल्लो समयमा ७३ करोड ९३ लाख रुपैयाँ बक्यौता रकम उठाएको छ ।

laxmi

विमानस्थलको पूरानो बक्यौता करिब साढे २ अर्ब भन्दा माथी रहेकोमा हाल ७३ करोड ९३ लाख रुपैयाँ उठाई सकेको र बाँकी १ अर्ब ९४ करोड रुपैयाँ मात्रै रहेको विमानस्थलले जानकारी दिएको छ ।

सबै भन्दा बढी बक्यौता रकम भएको भन्सार बिभागको भने हाल सम्म कुनै रकम प्राप्त नभएको विमानस्थलले जानकारी दिएको छ । भन्सार बिभागको बक्यौता रकम ५४ करोड रुपैयाँ भन्दा माथी रहेको छ ।

त्यस्तै नेपाल वायुसेवा निगमको भने १७/१८ करोड रुपैयाँ मात्रै बाँकी रहेको विमानस्थल अन्तरगत राजस्व कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार असार मसान्त सम्म ४५ करोड रुपैयाँ रहेको थियो तर अहिले २० करोड रुपैयाँमा झरेको छ ।

सोही रकम अन्तरगतनै निगमले २०५८ साल पहिलेदेखिको भन्दै ८ करोड रुपैयाँ राजश्व भौचर बुझाएको समेत कार्यालयले जानकारी दिएको छ । त्यस्तै निगमले आफुले पाउनु पर्ने रकम भन्दा २ करोड रुपैयाँ बढी लिएको भन्दै विमानस्थललाई सो रकम दाखिला गर्न समेत आग्रह गरेको छ ।

कार्यालयका निर्देशक गोविन्द दाहालका अनुसार निगमले बुझाउनु पर्ने सो रकम मध्य सबै हिसाव गर्दा विमानस्थललाई बुझाउनु पर्ने रकम करिब ५/६ करोड रुपैयाँ मात्र हुने बताएका छन । निगमले हाल विमानस्थललाई मासिक ५०/६० लाख रुपैयाँ किस्ता बुझाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL