Logo

लुम्बिनी विमानस्थलको निर्माणकार्य ८३ प्रतिशत सम्पन्न, निजगढ विमानस्थलको लागि सवा लाखमात्रै रुख काटिने

लुम्बिनी विमानस्थलको निर्माणकार्य ८३ प्रतिशत सम्पन्न, निजगढ विमानस्थलको लागि सवा लाखमात्रै रुख काटिने



काठमाडौं । गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलको निर्माण कार्य ८३ दशमलब २५ प्रतिशत सम्पन्न भएको छ । सरकारले २०१९ भित्रै गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल संचालनमा ल्याउने बताए पछि उक्त विमानस्थल निर्माणले तिब्रता पाएको हो ।

आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार काम तिब्र रुपमा भईरहेको छ । उनले भने, ‘निर्माण कार्य सम्पन्न भए पनि सो भन्दा पछाडीको सर्टिफिकेशनलगायतका कामले भने संचालनमा केही समय लाग्ने देखिन्छ ।’

सरकारले आफ्नो नीति तथा कार्यक्रममा सो विमानस्थललाई २०१९ भित्रै उक्त विमानस्थल संचालनमा ल्याउने बताएको थियो । तर सो समय भन्दा केही पछि मात्रै उक्त विमानस्थल संचालनमा ल्याउन सकिने अधिकारीले जानकारी दिएका छन ।

त्यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल २०२१ मा संचालनमा ल्याउने सरकारको तयारी रहेको छ । हाल उक्त विमानस्थलको निर्माण कार्य भने ५० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख बिनेश मुनकर्मीले जानकारी दिएका छन ।

उनका अनुसार २०२१ जुलाई १० तारिक भित्रै निर्माणकार्य सम्पन्न गर्ने र सो भन्दा पछिका ३ महिनामा विमानस्थल संचालनमा ल्याउनका लागि आवश्यक तयारी गर्ने छ । त्यस्तै निजगढ अन्तरराष्ट्रिय विमानस्थलको भने नीतिगतकाम सँगै रुख कटानलाई प्राथमिकतामा राखेर काम भईरहेको आयोजना प्रमुख ओम शर्माले जानकारी दिएका छन ।

उनका अनुसार रुख कटानको लागि १२ ओटा ब्लकमा स्थलगत अध्ययन भईसकेको र सो क्षेत्रमा २ ओटा रनवे निर्माणको लागि ७ किलोमिटर लम्बाई र ३ किलोमिटर चौडाई भएको जग्गा प्रयोग गर्दा १ लाख २८ हजार मात्रै रुख कटान गर्नु पर्ने छ ।

आयोजनाले उक्त रुख कटान पछिको सरकारको नियमानुसार १ बराबर १० ओटा रुख रोप्ने गरी तयारी समेत गरेको छ । शर्माका अनुसार रौतहट, मकवानपुर र बारा क्षेत्रका नदिकिनारामा करिब १२ लाख ८७ हजार रुखका विरुवा रोप्ने छन ।

शर्माले भने उक्त विरुवा रोप्नको लागि भने २० अर्ब रुपैयाँ खर्चहुने अनुमान रहेको जानकारी दिएका छन । तर रुख कटान गर्दा साल, सिसौंलगायतका रुख भने नकाटिने भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार घट्टराईले भने सो आयोजना राष्ट्रिय गौरवको आयोजना मध्ये १ नम्बरको आयोजना भएको बताउँदै आएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL