Logo

नागढुङगा नौविसे सुरुङमार्गको शिलान्यास कात्तिक ४ गते, मंसिरबाटै काम सुरु

नागढुङगा नौविसे सुरुङमार्गको शिलान्यास कात्तिक ४ गते, मंसिरबाटै काम सुरु



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्गको शिलान्यास कात्तिक ४ गते हुने तय भएको छ । केही दिन अघि जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग निर्माण सम्झौता भएको उक्त आयोजनाको शिलान्यास ४ गते हुने आयोजना प्रमुख श्याम खरेलले जानकारी दिए ।

laxmi

उनका अनुसार सबै तयारी पुरा भएपछि शिलान्यासको काम अघि बढाईएको हो । ‘शिलान्यासको तयारी पुरा भएको छ,’ उनले भने, ‘४ गते नै शिलान्यास गर्नेगरी निर्माण कम्पनी तथा आयोजनाले पनि केही कामहरु तिव्र पारेका छन ।’

सुरुङमार्गको गत असोज ६ गते नेपाल सरकार र जापानी कम्पनी हाज्मा आन्दो जेभीसँग ४२ महिनामा निर्माण सम्पन्न हुनेगरी सम्भौता भएको थियो । हालसम्म आयोजनाले सुरुङमार्ग बनाउने स्थानको जग्गा अधिग्रहण, जग्गाको मुआव्जा वितरण लगायतका कामहरु गरिरहेको छ ।

उक्त सम्झौता पश्चात मंसिर या पुसदेखि सुरुङमार्ग निर्माणको कार्य सुरु गरिने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए । उनका अनुसार सकेसम्म मंसिर र पुषको बिचमै नभए नयाँबर्ष अघि नै सुरुङमार्ग निर्माणकार्य अघि बढाईने छ ।

उक्त आयोजना नेपाल सरकार र जापानी सरकारको अनुदानको रकमबाट निर्माण हुने भएको हो । आयोजनाको सुरुङमार्गसम्म बाटो पुयाउन २ ओटा फ्लाईओभर निर्माण समेत गरिनेछ । उक्त सुरुङमार्ग निर्माण भएपश्चात काठमाडौं भित्रिने प्रमुख नाकामा हुने जामको समस्या कम हुने आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL