Logo

नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मा आन्द्रोसँग सम्झौता, नोभेम्बरदेखि काम सुरु

नागढुङगा-नौविसे सुरुङमार्ग निर्माणका लागि जापानी कम्पनी हाज्मा आन्द्रोसँग सम्झौता, नोभेम्बरदेखि काम सुरु



काठमाडौं । नागढुङ्गा नौविसे सुरुङमार्ग निर्माणका लागि सोमबार जापानी कम्पनी हाज्मा आन्द्रो जेभीसँग सम्झौता भएको छ । सोमबार एक कार्यक्रमका बीच ४२ महिनामा सुरुङमार्गको काम सम्पन्न गर्नेगरी नेपाल सरकार र जापानी कम्पनीबीच उक्त सम्झौता भएको हो ।

जापानी कम्पनी हाज्मा आन्द्रोका विजनेस म्यानेजर र सडक विभागका उपमहानिर्देशक अर्जुनजंग थापाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन । निर्माण गर्ने भनिएको लामो समयपछि सोमबार उक्त सम्झौता भएको हो ।

हालसम्म आयोजनाले सुरुङमार्ग बनाउने स्थानको जग्गा अधिग्रहण, जग्गाको मुआव्जा वितरण लगायतका कामहरु गरिरहेको थियो । तर सोमबार उक्त सम्झौता भएपस्चात कम्पनीले नोभेम्बदेखि सुरुङमार्ग निर्माणको काम अगाडी बढाउने आयोजना प्रमुख श्यामप्रसाद खरेलले जानकारी दिए ।

उक्त आयोजनामा काठमाडौंतर्फ फ्लाईओभर पनि निर्माण गर्नुपर्ने भएको छ जसका लागि आयोजनाले जग्गा अधिग्रहण गर्ने काम गरिरहेको छ । उक्त आयोजना नेपाल सरकार र जापानी सरकारको अनुदानको रकमबाट निर्माण हुने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL