Logo

दशैंमा घर जान गाडी भाडा नबढ्ने, १४ स्थानमा यात्रु सहायता कक्ष

दशैंमा घर जान गाडी भाडा नबढ्ने, १४ स्थानमा यात्रु सहायता कक्ष



काठमाडौं । यातायात व्यवासायीहरुले यस पटकको दशैंमा सवारी भाडा बढाउन नपाउने भएका छन । अघिल्ला बर्षहरुमा वैज्ञानिक भाडा दर समायोजन भन्दै भाडा वृद्धि गर्ने गरेका व्यवसायीहरुले यसपाली भाडा बढाउन नपाउने भएका हुन । यो बर्ष यातायात व्यवस्था विभाग नै दशैं अघि भाडा समायोजन नगर्नेमा लागि परेको हुनाले व्यवासायीले भाडा बढाउने कुरा अघि बढाउन नपाउने भएका हुन ।

laxmi

व्यवसायीले भाडा समायोजनको माग राखेपनि दशै अघि कुनै हालतमा भाडा वृद्धि गर्न नसकिने विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए । ‘व्यवसायीहरुले हालसम्म भाडा समायोजन, भाडा वृद्धि लगायतका मागहरु राख्नुभएको छैन,’ उनले भने, ‘वहाँहरुले यसको माग राख्नुभएछ भनेपनि दशै अघि यात्रुलाई सास्ती दिनेगरी भाडा वृद्धि गर्न सकिदैन ।’

यातायात व्ववसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौला भने भाडा वृद्धिको कुरा अफवाह भएको बताउँछन । ‘हाम्रो ईच्छा भनेकै यात्रुलाई सकेसम्म सहज तरिकाले घरसम्म पुर्याउनु हो,’ उनले भने, ‘यसका लागि विभाग र व्यवसायी मिल्नुपर्ने देखिन्छ, तर भाडा वृद्धिको बारेमा आएको कुरा मिडियामा आएको अफवाह मात्रै हो ।’

राजमार्गमा आईपरेका विभिन्न समस्या तथा व्यवसायीहरुका अन्य समस्याको बारेमा विभागले बोलाएको आजको बैठकमा कुरा राख्ने उनको भनाई छ । यो बर्ष नयाँ बसहरु नभित्रिने भएकाले दशैमा यात्रु व्यवस्थापन गर्न कठिन हुने पनि उनको भनाई छ । यातायात व्यवस्था विभागले व्यवसायीहरुलाई आज दिउँसो १ बजे अग्रिम टिकट बुकिङ तथा यात्रु व्यवस्थापनका लागि भन्दै बैठक बोलाएको छ ।

१४ स्थानमा यात्रु सहायता कक्षा

यातायात व्यवस्था विभागले यस बर्षको दशैंमा उपत्यकाका विभिन्न १४ स्थानमा यात्रु सहायता कक्ष संचालनमा ल्याउने भएको छ । दशैंका बेला घर जाने यात्रुका लागि सहजता प्रदान गर्न, गुनासो सुन्न तथा जानकारी दिन नयाँ बसपार्क, जगाती गौशाला, कोटेश्वर, माछापोखरी लगायत १४ स्थानमा यात्रु सहायता कक्ष संचालन गर्ने विभागका महानिर्देशक हमालले जानकारी दिए ।

दशैंको समयमा काठमाडौं उपत्यकाबाट २२ देखि ३० लाख जना बाहिरिन्छन । यसका लागि यातायातको कठिनाई जहिले पनि उस्तै हुन्छ । विभाग र व्यवसायी मिलेर यसको समाधानमा लागिपरे पनि कतिपय यात्रुहरु बसको छतमा, मुढामा ास्ती खेप्दै यात्रा गर्ने गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL