Logo

आवश्यक कागजात बुझाउन नसक्दा सिम्रिकका उडान अनिश्चित, १५ दिन देखि जहाज ग्राउण्डेड

आवश्यक कागजात बुझाउन नसक्दा सिम्रिकका उडान अनिश्चित, १५ दिन देखि जहाज ग्राउण्डेड


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिम्रिक एयरको जहाजले १५ दिन देखि कुनै उडान भर्न सकेको छैन । कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई आवश्यक कागजात बुझाउन नसक्दा उडान गर्न नपाएको हो ।
कम्पनीको जहाजमा आफुखुसी पार्टपुर्जा प्रयोग गरेको भन्दै सरकारले उडानमा रोक लगाए पछि यही भदौ ३ गते देखि कुनै उडान हुन सकेको छैन ।

laxmi

कम्पनीले बिचक्राफ्ट जहाजमा प्रयोग हुने पाटपुर्जा मनोमानी प्रयोग गरी हवाई सुरक्षामा गम्भीर असर गरेको भन्दै प्राधिकरणले भदौ ३ गते देखि कम्पनीका सबै जहाज उडानमा रोक लगाएको थियो ।

प्राधिकरणले आफनो जहाज उडानमा रोक लगाए पछि कम्पनीले ५ गतेनै सबै कागजात बुझाएको थियो । तर प्राधिकरणले उक्त कागजातले चित्त नबुझे पछि थप कागजात माग गरेको थियो । प्राधिकरणको उडान सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले भने, ‘प्राधिकरणबाट स्वीकृति प्राप्त नभएका पार्टपुर्जा जहाजमा प्रयोग गरेको भेटेपछि हामीले थप कागजात मागेका हौं तर अझै आईपुगेको छैन ।’

कम्पनीले १५ दिन वितिसक्दा समेत थप कागजात बुझाउन नसक्दा हाल सम्म कुनै उडान गर्न पाएको छैन । प्राधिकरणले भने जव सम्म चित्तबुझ्दो कागजपत्र आईपुग्दैन तब सम्म जहाज उडान गर्न नदिने बताउँदै आएको छ ।

कम्पनीका मार्के्टिङ चिफ तथा प्रवक्ता प्रज्ज्वल थापाले भने मंगलबार पुनः थप कागजात बुझाएको जानकारी दिएका छन । आवश्यक कागजात बुझाई सके पछि उनले बिजखबरसँग कुरा गर्दै भने अब सायद उडान नरोकिएला ।

कम्पनीले हाल १९ सिट क्षमतायुक्त ‘बिचक्राफ्ट १९००सी’ सिरिजका दुई जहाजमार्फत काठमाडौंबाट पोखरा, भरतपुर र माउन्टेन फ्लाइट गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL